Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित

संखुवासभाबाट अमेरिकन पेस्तोलसहित दुईजना पक्राउ

admin

संखुवासभा—फागुन २३।

संखुवासभाको मादी नगरपालिका–५ ढाडेगाउँबाट प्रहरीले गएराति अमेरिकन पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले एक थान अमेरिकन पोस्तोल, एक थान म्याग्जिन र सोही पेस्तोलमा लाग्ने गोली एक थानसहित सोही स्थान बस्ने बर्ष २३ को बुद्धिमान तामाङ र बर्ष ३६ को संजय तामाङलाई पक्राउ गरेको हो ।

हतियारसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको