Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु

ठगी मुद्दामा गण्डकी मेडिकल कलेजका दुईजना सञ्चालक पक्राउ

admin

gandaki medical collage

कास्की —फागुन २३।

गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परेका छन् । विद्यार्थीले ठगी मुद्दामा उजुरी गरेपछि बुधबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले जानकारी दिए ।

‘कलेज सञ्चालक खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक, रविन्द्रप्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोल युवराज शर्मा, लेखा शाखाका हरिपौडल, दिनेश पौडेल, तीलक पौडेल, कृष्ण पौडेलको जाहेरी दखास्तमा नाम छ’ प्रहरी उपरीक्षक रानामगरले भने ।उनीहरुलाई अनुसन्धान गरि मुद्दा चलाउने र बाँकी ८ जनाको खोजी भइरहेको रानामगरले बताए ।

उनीहरु विरुद्ध सन् २०१५ देखि ०१८ सम्मका एमबीबीएस विद्यार्थीले बुधबार जाहेरी दखास्त दिएका थिए । हाम्रो माग सुनुवाइ नभएपछि प्रशासन विरुद्ध मुद्धा दिएको विद्यार्थी परिवर्तन भाटले बताए ।
सरकारले तोकेको नियम भन्दा वढी शुल्क लिएको भन्दै शुल्क फिर्ता लगायतका ४ सुत्रिय माग राख्दै ३६ दिनदेखि आन्दोलनरत विद्यार्थीहरु २५ दिन देखि रिले अनसन बस्दै आएका छन् ।

विद्यार्थीहरुले आकास्मिक सेवा चालु हुने गरी, पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल अस्पतालको प्रशासन, ओपीडी र सुपरिटेन्डेन्टको कार्यलयमा ताला लगाएर आउन्दोलन गर्दै आएका छन् । कलेजले प्रति विद्यार्थी १० देखि १६ लाख सम्म बढी लिएको विद्यार्थीहरुले बताए ।

२०१५ का विद्यार्थीले ८३ र पुरक ३ जना गरि ८६ विद्यार्थीले एमबीबीएस तेस्रो वर्षको परीक्षा समेत दिएका छैनन् ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको