Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

२४ गतेबाट तिते–जिरे–ब्रेकफेल ‘गाईजात्रा महोत्सव-२०७४’

admin

काठमाडौं, —चर्चित एवं लोकप्रिय हास्य कलाकारहरुको प्रस्तुति रहेको तिते–जिरे–ब्रेकफेल ‘गाईजात्रा महोत्सव-२०७४’ यस वर्ष पनि मंगलबारदेखि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने भएको छ। हास्यव्यङ्ग्यमार्फत समाजका विकृति–विसङ्गति हटाउने र मनोरञ्जन दिलाउने उद्देश्यले महोत्सव भदौ ३ गतेसम्म सञ्चालन रहने आयोजक कारोवार मिडियाले जनाएको छ ।

कारोबार मिडियाको प्रस्तुति रहने महोत्सवमा नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिशृंखलाहरूमा अभिनय गर्ने चर्चित कलाकारहरुको अभिनयको साथमा विभिन्न मनोरन्जनात्मक कार्यक्रम रहने आयोजकले बताएको छ ।

१२ दिनसम्म चल्ने गाईजात्रा महोत्सवमा नेपालका हास्यब्यङ्ग्य क्षेत्रका चर्चित कलाकारहरु दीपकराज गिरी, शिवहरी पौडेल, किरण केसी, दमन रुपाखेती, मनोज आचार्य, मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, राजाराम पौडेल, शिवहरी वैरागी मनोज आचार्य, निरज नेपाल लगायतका कलाकारहरुको प्रस्तुतीबाट भरपुर मनोरञ्जन लिन सकिने छ । प्रत्येक दिन ५ः३० देखी प्रस्तुत हुने कार्यक्रम बिदाको दिन भने २ शो रहने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको