Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

निर्मला हत्या/ बलात्कार प्रकरणमा यातना दिएकाे र प्रमाण मेटाएकाे आरोपमा ६ प्रहरी हिरासतमा, आजै थुनछेक बहस सुरु हुने

admin

Nirmala-Panta

कञ्चनपुर — फागुन २३।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा यातना दिएकाे र प्रमाण नष्ट गरेकाे आरोपमा प्रहरी कर्मचारीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । मुद्दा दायरसँगै अदालतमा उपस्थित भएका ६ जनालाई प्रहरी हिरासतमा राखिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार मुद्दा जिल्ला अदालतमा पेश गरेपछि आरोपितहरुलाई उपस्थित गराएर हिरासतमा राखिएको कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए ।

उनका अनुसार मुद्दा दायर भएसँगै अदालतमा उपस्थित भएका ६ जनालाई प्रहरी हिरासतमा राखिएको छ । ‘आजदेखि थुनछेक बहस सुरु हुन्छ,’ उनले भने, ‘त्यतिबेलासम्म सबै प्रहरी हिरासतमै हुन्छन् ।’

उनका अनुसार यातना र प्रमाण मेटाउने आरोप लागेका तत्कालीन एसपी डिल्लीराज बिष्ट र निलम्बित डिएसपी अंगुर जिसी अदालतमा उपस्थित भएनन् । यातना दिएको आरोपमा बिष्टसँगै निलम्बित डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेठी तथा प्रहरी निरीक्षक एकिन्द्र खड्काविरुद्ध मुद्दा दर्ता भएको थियो । प्रमाण मेटाएको आरोपमा यातनामा जोडिएका ४ सहित थप ४ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

निलम्बित डिएसपी सेठी, प्रहरी निरीक्षकबाट बर्खास्त गरिएका जगदीश भट्ट, निलम्बित प्रहरी निरीक्षक एकिन्द्र खड्का, सई रामसिंह धामी, सई हरिसिंह धामी र प्रहरी जवान चाँदनी साउद अदालतमा उपस्थित भएका हुन् । उनीहरुलाई प्रहरी हिरासतमा राखिएको छ ।

पुस ३ गते तत्कालीन एसपी बिष्टसहित ४ जनाका नाममा यातना कसुर र४ जनाका नाममा प्रमाण नष्ट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । निर्मला घटनाको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका दिलिप बिष्टका दाजु खडकले यातना कसुर र निर्मलाकी आमा दुर्गाले प्रमाण नष्ट गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको