Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

‘विप्लव’का कार्यकर्ताको घरमा प्रहरीको छापा, चाईनिज हतियारसहित पक्राउ

admin

‘विप्लव’का कार्यकर्ताको घरमा प्रहरीको छापा

कपिलबस्तु—फागुन २३ ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको घरमा प्रहरीले छापा मारेको छ ।

प्रहरीले शिवराज नगरपालिका–९ स्थित शिवगढीका विभिन्न स्थानमा छापा मारेको हो ।

साथै गाउँका बिभिन्न घरमा छापा मार्ने क्रममा गएराति नेकपाका कार्यकर्ता दुर्गा बहादुर रोका चाईनिज हतियारसहित पक्राउ परेका छन् ।

चन्द नेतृत्वकै रोकालाई गएराति घरमै प्रहरीले छापा मारेर पक्राउ गरेको हो ।

रोकाको घरबाट २ थान एएमजी, त्यसको म्यागजिन ३ थान र चाईनिज पेस्तोल १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

रोकालाई पक्राउ गरिसके पछि आज बिहान प्रहरीले शिवगढीमा फेरि छापा हान्न जाँदा स्थानीयले प्रतिकार गरेका थिए ।

जसले गर्दा केही समयको लागि शिवगढी तनाव ग्रस्त भएको थियो ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको