
कैलाली —फागुन २३।
धनगढीमा एक व्यापारीको अपहरण भएको छ । आरम्भ फेन्सी स्टोरका संचालक जगतबहादुर सिंहको अपहरण भएको प्रहरीले पुष्टि गरेको छ ।
बुधबार राति धनगढीबाटै उनी अपहरणमा परेको प्रहरीले जनाएको छ । सिंहका परिवारका सदस्यले सो बारेमा बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका छन् ।
अपहरणकारीले भारतीय नम्बरबाट फोन गरी सिंहको परिवारसँग १५ लाख रुपैयाँ फिरौती माग गरेको जनाइएको छ । अपहरणकारीको अहिलेसम्म कुनै पहिचान भएको छैन ।
सिंहको अवस्था र अपहरणकारीका विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लोकप्रिय समाचार