Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

पूर्व अर्थमन्त्री र पर्यटनमन्त्री लगायतकाे सम्झनामा नेकपाद्वारा शाेकसभा सम्पन्न

admin

नेकपाकाे शाेकसभा

काठमाडौँ —फागुन २३।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी, बाहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीलगायत अन्य ६ जना प्रति संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । काठमाडौंस्थित भृकुटीमण्डपमा सम्पन्न श्रद्धाञ्जली सभामा प्रधानमन्त्री तथा पार्टीको अध्यक्ष केपी ओली, पूर्व प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताले सम्बोधन गरेका थिए ।

नेकपाकाे शाेकसभा

श्रद्धाञ्जली सभामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेकपाका नेतालगायत मन्त्री रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईसहित छाेराहरु उपस्थित रहेका थिए ।

श्रद्धाञ्जली सभामा बाेल्दै प्रधानमन्त्री ‌ओलीले भने, ‘जनताकाे हितमा सधैभरि लागिपरेका आदरणीय नेता भरतमाेहनलाई गुमाएका छाैँ, पार्टीले आदरणीय नेतासँगै जागरुक नेता गुमाएकाे छ, देशका लागि याेगदान पुर्‍याएका कर्मशील व्यक्तित्व गुमाएका छाैँ ।’

करिब तीन महिनादेखि बिरामी भएका पूर्व अर्थमन्त्री अधिकारीको गत शनिबार ८२ वर्षको उमेर निधन भएको थियो । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको थियो । हेलिकाेप्टर दुर्घटनामा मन्त्रीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर ध्रुव भोची भया, नेपाल नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे, पाइलट प्रभाकर केसी रहेका थिए ।

(नयाँ पत्रिका)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको