Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

“Complete Casino Cz Bonusy A Recenze 2025 1win Официальный Сайт Вход Зеркало Букмекера 1вин Ставки и Спорт अमेरिकाले नेपाललाई प्रदान गर्ने करिब ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सहयोग रोक्यो १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो)

‘इन्काउन्टर’मा एक जनाको मृत्यु

admin

 ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको छ । सोमबार गोली लागेर गम्भीर घाइते भएका लागू औषधको डिलर सञ्चालक प्रविण खत्रीको उपचारको क्रममा मृत्यु भएको हो । पक्राउ गर्न गएको प्रहरी टोलीलाई आक्रमण गरेपछि जवाफी फायरीङमा उनको मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले बताए ।

दुई वटा पेस्तोल भेटिएको छ । महाशाखा प्रमुख एसएसपी अमात्यका अनुसार लागूऔषधको कारोबारमा संलग्न रहेका खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो ।

प्रहरीलाई गोली हान्दै छतबाट हाम फालेर भाग्न खोज्ने क्रममा उनीमाथि प्रहरीले गोली प्रहार गरेको हो । प्रहरीले उपचारको क्रममा मृत्यु भएको बताएपनि घटनास्थलमै उनको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको