Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

‘लभ पर्‍या छ’ मा नायक तेज गिरी (भिडियो) एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट

युरोपा लिग फुटबलमा डाईनामो किभ विरुद्द चेल्सी विजयी, रेनेजसँग आर्सनल पराजित

admin

काठमाडौँ — फागुन २४।

युरोपा लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले युक्रेनको डाईनामो किभलाई हराएको छ । राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराति आफ्नै मैदानमा भएको पहिलो लेगको खेलमा चेल्सी ३–० ले विजयी भयो ।

चेल्सीका लागि पेड्रो, विलियन र हड्सन ओडोईले एक/एक गोल गरे । जितसँगै चेल्सीले क्वाटरफाईनलमा पुग्ने सम्भावना बलियो पार्दा दोस्रो लेगको खेलपूर्व युक्रेनी क्लब डाईनामो दबाबमा आएको छ ।

युरोपा लिग फुटबलकै अर्को खेलमा आर्सनल पराजित भएको छ । फ्रान्समा भएको खेलमा घरेलु टोली रेनेजले इंग्ल्यान्डको आर्सनललाई ३–१ ले हराएको हो ।

युरोपा लिग फुटबल राउण्ड अफ सिक्सटिनका पहिलो लेगका अन्य खेलहरुमा ईटालीको नापोलीले अष्ट्रियाको रेडबुल साल्जबर्गलाई ३–० ले हराउँदा स्पेनको भियारियालले रुसको जेनिथलाई ३–१ ले, स्पेनकै भ्यालेन्सियाले रुसको क्रास्नोदारलाई २–१ ले तथा क्रोएसियाको डाईनामो जाग्रेबले पोर्चुगलको बेनिफिकालाई १–० ले हराएका छन् ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको