Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

ला लिगा फुटबलमा रायो भायकानोबिरुद्द बार्सिलोना ३–१ ले विजयी

admin

team barcelona

काठमाडौँ — फागुन २६।

स्पेनिस लिग फुटबल अन्तर्गत बार्सिलोनाले रायो भायकानोलाई पराजित गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा भायकानो विरुद्द बार्सिलोना ३–१ ले विजयी भयो ।

बार्साका लागि जेरार्ड पिके, लियोनल मेस्सी र लुईस सुवारेजले एक–एक गोल गरे ।

ला लिगा फुटबलकै अर्को खेलमा एथ्लेटिको मड्रिडले लेगानेजलाई १–० ले पराजित गर्दा गेटाफेले हुएस्कामथि २–१ को जित निकाल्यो ।

गएराति डेपोर्टिभो आलाभेज र आईबारले १–१ गोलको बराबरी खेलेका छन् ।

ला लिगा फुटबलमा आज राति रियाल मड्रिडले रियाल भालाडोलिडसँग खेल्नेछ ।

गएरातिका खेलपछि स्पेनिस लिग फुटबलमा २७ खेलबाट ६३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ ।

समान खेलबाट ५६ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको रियाल मड्रिड ४८ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको