Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

सिके राउतसँग गरिएको सहमति अनुचित छैन :गृहमन्त्री

admin

Ram Bahadur Thapa Badal

काठमाडौँ — फागुन २६।

गृहमन्त्री रामबहादुर थापाले फागुन २४ गते सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिलाई गलत अर्थ लगाइएकोप्रति आपत्ति जनाएका छन् । उनले मुलुकका चुनौतीहरूलाई सरकारले सफलतापूर्वक समाधान गर्दा विभिन्न कोणबाट अनर्थ लगाइएकोप्रति सरकार आश्चर्यचकित भएको बताए ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सरकार र सिके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतिबारे सांसदहरूले प्रश्न उठाएपछि गृहमन्त्री थापाले सरकारकोतर्फबाट संसद्मा सहमतिबारे स्पष्ट पारेका हुन् । उनले राजनीतिक समस्यालाई राजनीतिक रूपबाट हल गर्नुपर्नेमा सरकार स्पष्ट रहेको बताउँदै, त्यही प्रयासको प्रतिफल २४ गतेको सहमति भएको बताए ।

गृहमन्त्री थापाले स्वतन्त्र मधेस गठबन्धन समूहले नेपाललाई विखण्डन गर्ने उद्देश्यलाई परित्याग गरेको दाबी गरे । उनले मधेस गठबन्धनसँग नेपालको राजनीतिक अखण्डता,स्वाधीनता रक्षा गर्न सहमति जुटेको बताए । उनले भने,’स्वतन्त्र मधेसी गठबन्धन यो निर्णयमा पुग्नु संविधान विरोधी भयो ? सहमति गर्नु के यो संविधान विरोधी हो ?’

‘मुलुकमा दुईवटा समूहहरू सक्रिय थिए । एउटा राज्य व्यवस्थाप्रति असन्तुष्ट जनाउने र अर्को विखण्डनको मुद्दा उठाउने,’ गृहमन्त्री थापाले भने, ‘ती समूहहरू निरन्तर रूपमा सक्रिय रहँदै आएका थिए । त्यही क्रममा स्वतन्त्र मधेस गठबन्धनको नाममा एउटा समूह सक्रिय थियो । यस्ता समूहहरूलाई नियन्त्रण गर्ने प्रयासस्वरुप स्वतन्त्र मधेस गठबन्धनसँग राजनीतिक सहमति जुट्यो । ‘

गृहमन्त्री थापाले स्वतन्त्र मधेसी गठबन्धनले पनि आत्मसमर्पण नगरेर संविधानसम्मत ढङ्गले आफ्नो आन्दोलनलाई देशको समृद्धिमा लगाउन तयार रहेको स्पष्ट पारे ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको