Logo
04 Mar 2024    २१ फाल्गुन २०८०, सोमबार

ताजा खबर

प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा फागुन २४ देखि २८ गतेसम्म चेम्बर एक्स्पो २०२४ आयोजना काठमाडौं महानगरकै क्यान्टिनमा बासी खाना, तिराइयो ५० हजार जरिवाना निताको स्वरमा ‘चुप चाप’ (भिडियो) नेपाल स्काउटको अन्तराष्ट्रिय आयुक्तमा देवराज घिमिरे दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

२०५२ सालको नक्कल गरी म पनि ‘प्रचण्ड’ हुन्छु भन्न खोजिए: नेकपा अध्यक्ष दाहाल

admin

puspakamal

पोखरा — फागुन २७।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले २०५२ सालको नक्कल गरी म पनि ‘प्रचण्ड’ हुन्छु भन्न खोजिए त्यो पार नलाग्ने भएकाले मूलधारको राजनीतिमा आउन नेत्र विक्रम चन्द नेतृत्वको विप्लव माओवादीलाई आग्रह गरेका छन् । यतिबेला विप्लव माओवादीले हतियार ल्याउने र विस्फोट गराउने काम गरिरहेको भन्दै दाहालले पहिले र अहिलेको परिस्थितिमा गुणात्मक फेरबदल आइसकेकोले नक्कल गर्नेतर्फ नलाग्न आग्रह गरे ।

पोखरामा सोमबार हुने एक कार्यक्रममा सहभागी हुन आएका दाहालले पोखरा विमानस्थलमा पत्रकारसँको भेटमा यस्तो बताएका हुन् ।

‘उहाँहरुले २०५२ सालमा अर्थात करीव २५ वर्ष अघि हामीले गरेको कुरालाई नक्कल गर्न खोज्नु भएको छ । यो पार लाग्ने बाटो होइन,’ उनले भने, ‘प्रचण्डले गरेजस्तै नक्कल गरेर म पनि प्रचण्ड हुन्छु भन्ने सोच्नु बिलकुल मनोगत हुन्छ । इतिहासले एउटा कालखण्डमा एउटा विचार र नेतृत्वलााई अगाडि ल्याउने गर्छ । यसर्थ साथीहरुलाई के भन्छु भने त्यसो गर्न छाडेर अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र समाजवादको आधार निर्माण गर्ने अवसरलाई सदुपयोग गर्नुतिर सोच्नु उपयुक्त हुन्छ ।’

नक्कल गर्ने कुरामा लागेमा राज्य चुप लागेर बस्न नसक्ने र यस्तो अवस्थामा उनीहरु (विप्लव माओवादी) र देशको लागि राम्रो कुरा नहुने उनले बताए । आफूले विप्लवहरुलाई राम्रोसँग चिन्ने, आफैंले स्कुलिङ गरेको र चन्द बढी समय सचिवको रुपमा बसेर आफुसँग काम गरेको उनले स्मरण गरे ।

पृथकतावादीतर्फ गएकालाई वार्ता, संवाद र सहमतिको माध्ययमबाट सरकारले समस्या समाधान गर्न पहल गरेको अवस्थामा विप्लवहरु पनि सोही बाटोमा लाग्नुपर्ने दाहालले बताए । कम्युनिष्टको नेतृत्वमा सरकार भएको, सामाजिक न्याय र समाजवादतिर अग्रसरमा प्रतिवद्धता गरेको अवस्थामा उनीहरु पनि वार्ता र संवादको मार्फत अहिलेकै मूलधारको राजनीतिमा आएर आफ्ना कुरा राख्नु उपयुक्त हुने र यो निर्विवाद रहेका उनको जीकिर थियो ।

मधेसमा पृथकतावादी आन्दोलन चलाइरहेको समूहसँग सरकारले गरेको समझदारी र सहमतिको चर्चा मिडियामा आएजस्तो अवस्था नरहेको उनले दाबी गरे । पार्टीको बैठक र सरकारसँगको छलफलमा पनि संविधानको मूल मर्म र भावना अनुसार अनि राष्ट्रिय एकता, स्वाधिनता, भौगोलिक अखण्डतालाई सम्मान गर्दै मूलधारको राजनीतिमा आउने स्पिरिट अनुसार सहमति भएको उनको भनाइ थियो । भर्खर जेलबाट छुटेको र सहमति हुनेवित्तिकै मधेस जाँदा आफ्नो समूहसँग छलफल गरेर मूलधारमा जाने तयारी नपुगेकाले सिके राउतको जनकपुरमा भएको प्रस्तुतीबाट प्रश्न बनेपनि प्रधानमन्त्रीसँगको कुराकानीमा त्यस्तो नभएको उनले बताए ।

‘यो खाली व्यवहारिक रुपले आफ्नो समूहलाई सहमति बुझाउने समय र प्रक्रियाका कारणले यस्तो भएकाले सरकारलाई कुनै आशंका छैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ,’ उनले भने, ‘हतारमा केही भयो भन्नु भन्दा पनि सरकारको जिम्मेवारी हुन्छ । सबै राजनीतिक प्रवृत्तिलाई समेटेर संविधानको मर्म अनुसार र मूलधारको राजनीतिमा ल्याउनु प्रयास गर्नु बिलकुल जायज कुरा हो ।’

सरकारको नियत तराई मधेसमा पृथकतावादी आन्दोलन एउटा समस्याको रुपमा रहेको र भोलि बढ्नसक्ने खतरालाई मध्यनजर राख्र्दै समयमै मूलधारमा ल्याउने पहल र उद्देश्यमाथि कहीकतै शंका गर्नु नपर्ने उनले बताए ।

सहमतिविपरीत घटनाक्रम हुन थाले के गर्ने भन्ने निर्णयको अधिकार सरकारसँग सुरक्षित रहेकाले धेरै तरगिंत हुन नहुने उनको भनाई थियो । तराई मधेस र समग्र राजनीतिमा राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताको पक्षमा संभव भएसम्म सबैलाई समेट्न गम्भीर छ भन्ने सन्देश दिएको उनले जनाए ।

जनअभिमत र जनमतसंग्रहबारे त्यति विवाद गरिराख्नु पर्ने कुरा नभएको उनले बताए । जनमत संग्रहबारे दुई तिहाइले निर्णय गर्नुपर्ने संवैधानिक अवस्थाले सरकारले चाहेर पनि जनमत संग्रह गर्न नसक्ने भन्दै उनले यसमा अल्मलिन नहुने बताए ।

अर्को एक प्रसंगमा पार्टी एकतालाई अन्तिम रुप दिने प्रक्रियामा रहेको दाहालले बताए ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको