Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

जहाज ल्याण्ड भएपछि नेतृत्वको कुरा गरौं : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

admin

biswoprakash

बागलुङ —फागुन २७।

कांग्रेस प्रवक्ता विश्वप्रकश शर्माले उचित समय आएपछि आफूले पार्टी नेतृत्वको घोषणा गर्ने बताएका छन् । सोमबार बागलुङमा नेपाल प्रेस युनियनले आयोजना गरेको भेटघाटमा पत्रकारको जिज्ञासामा शर्माले आफू प्रवक्ताबाट बिदा लिने गरी राजनीतिमा नआएको दाबी गरे ।

‘मैले प्रवक्ताबाटै हात धुने गरी राजनीतिमा आएको होइन, तर मैले अहिले केही घोषणा पनि गर्दिनँ,’ शर्माले भने, ‘युवाहरुले पार्टीको नेतृत्व संहाल्नुपर्छ भन्ने पक्षमा म पनि छु ।’ उनले उडिरहेको जहाजबाट पाइलटलाई ओराल्न खोज्दा दुर्घटना पर्न सक्ने भन्दै सभापति देउवाको बचाउ गरे ।

नेतृत्वबारे चर्चा चलिरहेको बेला आफ्ना दाबी गर्न सबैलाई छुट भएको उनले प्रतिक्रिया दिए । ‘बोल्न पाउने अधिकार सबैलाई छ, तर जहाज ल्याण्ड गरेपछि पाइलट फेर्न सकिन्छ,’ उनले भने, ‘संविधानको मुलबाटो नछोड्ने गरी नेतृत्वमा जो आएपछि स्वीकार्य हुनुपर्छ ।’ संविधान विपरितका नारा, एजेण्डामा कांग्रेस फस्न नहुने उनको टिप्पणी थियो । उनले नेपालीलाई स्वतन्त्रता दिन, राष्ट्रियताको संरक्षण गर्न र घर भित्रको समस्या मिलाउने नेतृत्व कांग्रेसले खोजी रहेको बताए ।

धर्म निरपेक्षता, संघीयता र गणतन्त्र राख्ने की नराख्ने विषयमा जनमत संग्रह हुन नसक्ने उनको तर्क थियो । सिके राउतसँगको दोस्रो सहमतिमा सरकारले भूगोल टुक्र्याउन जनमत संग्रह गर्ने भनेकोमा उनले आपत्ति जनाए । ‘गृहमन्त्रीले सदनलाई होइन भन्नुभयो, दोस्रो हस्ताक्षरकर्ताले जनकपुरमा हो भनेका छन्,’ शर्माले भने, ‘सहमतिकर्ता बीच फरक धारणा आएपछि प्रतिपक्षले साझा धारणाको लागि दबाब दिने अधिकार राख्छ ।’ उनले तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहालबीच भएको सहमति सबैले स्वीकारेर एउटै बाटो हिँडेर गणतन्त्र र संघीयतामा पुगेको बिर्सन नहुने बताए ।

शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिजाइनमा फसेको की डिजाईनर बनेको भन्ने प्रश्न पनि गरे । ‘फसेको भए बचाउन सकिन्छ, डिजाइनर भए गम्भीर भयो,’ उनले भने, ‘एक वर्षमा सरकारले विश्वास गुमाएको छ, सुरक्षा र जनताको जिविकोपार्जनमा कुठाराघात भएको छ ।’ सिंहदरबारमा बस्नेले बोल्ने काम घटाएर कर्म गरेर देखाउनुपर्ने उनले सुझाव दिए ।

‘इतिहास बोल्नेको होइन, कर्म गर्नेको लेखिन्छ,’ शर्माले भने, ‘सुशील कोइरालाको बोली बुझिएन, कर्म बुझियो, ओलीको बोली प्रष्ट छ, कर्म अस्पष्ट भयो ।’ उनले चन्द समूहलाई विश्वासमा लिएर राजनीतिक मूलधारमा ल्याउने काम सरकारकै भएको बताए ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको