Logo
09 Oct 2024    २३ आश्विन २०८१, बुधबार

ताजा खबर

आज एक लाख यात्रुले छाडे उपत्यका साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण रेस्लर भगवती खड्काको नाम विश्वप्रसिद्ध वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा विभागद्वारा तीन सातामा १०९१ स्थानमा अनुगमन देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन् : मेयर बालेन राष्ट्रपति पाैडेलद्वारा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण

संबिधानमै व्यवस्था नभएको जनमतसंग्रह सरकारले गर्न सक्दैनः गृहमन्त्री थापा

admin

भैरहवा—फागुन २७।

गृहमन्त्री रामबहादुर थापाले संबिधानमै व्यवस्था नभएको जनमतसंग्रह सरकारले गर्न नसक्ने बताएका छन् ।

भैरहवामा आयोजित प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठी लाई सम्बोधन गर्दैै गृहमन्त्री थापाले सीके राउतसँग स्वतन्त्र मधेसको नारा त्याग्ने सहमति भएको दावी गर्दै स्वतन्त्र मधेसका लागि जनमतसंग्रह हुन नसक्ने बताए ।

देशलाई बिखण्डन गर्ने तत्वलाई राजनीतिक मुलधारमा ल्याउन सरकार सफल भएको उल्लेख गर्दै मन्त्री थापाले अपराधिक तत्वबाट भने मुलुकलाई खतरा रहेको स्वीकार गरे ।

उनले संविधानभन्दा माथि गएर कसैले गतिविधि सञ्चालन गर्न खोजे सरकार चुप लागेर नबस्नेसमेत चेतावनी दिए ।

राउतको स्वागतमा उनका सर्मथकले जनकपुरमा गरेको प्रदर्शनलाई गृहमन्त्री थापाले उक्त क्रियाकलापलाई अन्तिम विदाइको खुसियालीको संज्ञा दिए ।

गृहमन्त्री थापाले विप्लप नेतृत्वको नेकपाका कारण सुरक्षा चुनौती थपिएको भन्दै यसलाई निस्तेज पार्न सरकार गम्भीर रहेको समेत उल्लेख गरे ।

सुरक्षा गोष्ठीमा गृहमन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री, प्रदेश ५ का प्रमुख सचिवलगायतको सहभागिता छ ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको