काठमाडौ, गायक भुवन सुप्तिहाङराईको पाँचौं गीति एल्वम ‘सम्मान मेरो’ सार्वजनिक भएको छ ।
सोमवार नेपाल प्रज्ञाप्रतिष्ठानमा वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीले गायक राईको गीति एल्वम सार्वजनिक गरेको हो ।
कार्यक्रममा बोल्दै वाङ्मय शताव्दी पुरुष जोशीले गायक राईको संगीत नेपाली गीत संगीतको क्षेत्रमा फरक विशेषता बोकेका गीतहरु लिएर आएको बताउनु भयो ।
त्यस्तै गीतकार बुद्धवीर लामाले गायक सुप्तीहाङ राई नेपाली सुगम संगीतको क्षेत्रमा निकै मेहेनतका साथ स्थापीत भएका लोक प्रिय गायक राईले गाउने गरेका गीतहरु के बालक के युवा र प्रौढ सबैको मन छुने भएकाले पनि पछिल्लो समय भुवनका गीतहरुबारे चर्चा हुने गरेको बताए ।
कार्यक्रममा पत्रकार गीतकार तथा चलचित्र निर्देशक डव्वु क्षेत्रले गायक राईका गीतबारे प्रकास पारेका थिए । दुइ दसक देखी गायन क्षेत्रमा सक्रीय राईले संगीत क्षेत्रमा गर्नुपरेका संघर्ष र अनुभूती सुनाएका थिए ।
सम्मान मेरो एल्वममा गीतकार तथा गजलकार जितेन्द्र रसिकको शव्द ‘थाहा छैन जावनीको झोंकमा के के भयो’ , बुद्धवीर लामाको दिनमा घाम राम्रो रातमा जून राम्रो, विश्वकाजी राईको शव्द आउँदो रहेछ जिन्दगीमा यस्तो मोडहरु, गोपाल दाहालको ‘मनै तान्यो भेंडेटारले’ मुकेस राईको शव्द कोहि नाम भएर बदनाम यहाँ, अनोज रोकाको शव्द ‘सुमधुर भाका भन्दा गाँजलु आँखा राम्रो’ गायक स्वयंको शव्द ‘तिमीले संसार जित्यौं भन्दा म धेरै खुसी भएँ’ दाकिला लामाको ‘कहिले हाँसो कहिले रोदन’ प्रेम चेम्जोङको ‘तम्रो विहेको कुरा सुनें’ र जेबी संयोगीको ‘बारपाक गाउँ मेरै’ सहित १ बोनस गीत सहित ११ गीत संग्रहित रहेका छन् ।