Logo
05 Dec 2024    २० मंसिर २०८१, बिहीबार

ताजा खबर

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई मुद्दा चलाउन सर्वोच्चमा रिट भुटानका राजा करिब ५ घण्टा काठमाडौँमा रहने अल्लू अर्जुनविरुद्ध उजुरी इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन चीन भ्रमणमा ऋण लिने गरी कुनै पनि सम्झौता भएको छैनः प्रधानमन्त्री ओली पाल्पामा सुन्तला महोत्सव हुँदै

राजपाद्वारा संसद अवरुद्ध, माग पूरा नभएसम्म संसद अवरुद्ध गर्ने चेतावनी

admin

rajapa-samsad

काठमाडौं—फागुन २९।

गिरिशचन्द्रलाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बुधबारको संसद बैठक अवरुद्ध गरेको छ । सभामुख कृष्णबहादुर महराले बैठकको कार्वाही सुरु भएको घोषणा गर्न साथ राष्ट्रिय जनता पार्टी, नेपालका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए ।

त्यसपछि सभामुख महराको अनुमतिमा बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजकिशोर यादवले मधेश र थरुहट आन्दोलनको न्यायिक छानविनका लागि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने घोषणा गरे । उनले सो आयोगको प्रतिवेदनको सम्बन्धमा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेको बताए ।

मधेस आन्दोलनको छानविन गर्न गिरिशचन्द्रलालको संयोकत्वमा गठन गरेको आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाले माग गर्दै आएको छ । सरकारले लाला आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद अवरुद्ध गर्ने राजपा सांसद प्रमोद साहले नयाँ पत्रिकासँग् बताए ।

प्रतिवेदनबारे सभामुखले यस अघि नै सरकारको विशेष ध्यानाकर्षण गराएका थिए ।

(नयाँ पत्रिका)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको