Logo
17 Mar 2025    ३ चैत्र २०८१, सोमबार

ताजा खबर

सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या : मन्त्री गुरुङ प्रचण्डको तस्बिर जलाउने राप्रपाका बम पक्राउ प्रकाश ज्वालाको प्रस्ताव– सांसदको सुविधा घटाऔँ बलिवुडका संगीतकार एआर रहमान अस्पताल भर्ना प्रतिनिधिसभा बैठकको क्यालेन्डर तयार प्रतिनिधि सभा बैठक बस्दै

तिजको गितको भिडियोमा व्यस्त बन्दै नयन

admin

काठमाडौं । तीजको मौसमले गाँजेको छ यतिबेला । नयाँ नयाँ तीजका भाका बज्न थालेका छन् । गीत रेकर्ड गर्न गायक गायिकाहरुलाई मात्र होइन मोडलहरुको पनि उस्तै ब्यस्तता छ ।

मोडलहरुलाई सुटिङ समय व्यवस्थापन गर्नै हम्मे परिरहेको छ । चल्तीमा मोडल नयन डिसीले मात्र यसपटकको तीजमा दर्जन बढी गीतमा आफ्नो नृत्य प्रश्तुत गरिसकेका छन् ।

भर्खरै रेकर्ड भएर सुटिङ भएको अर्पणराज गिरी र शोभा गुरुङको स्वर सजिएको ‘दिदी बहिनी हो’ बोलको गीतले युट्युबमा चर्चा कमाइरहेको छ । गीतमा नयन डिसी र विनीतालगायतका कलाकारहरुले रमाइलो नृत्य प्रश्तुत गरेका छन् ।

अर्पणराजको शब्द रहेको गीतमा बर्षदिनमा आएको तीजमा धितमरुन्जेल नाचेर रमाइलो गर्न प्रेरित गरेको छ । भुवन स्वाङवो तामाङको निर्देशनमा बनेको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका छन भने माधव वेलबासेले सम्पादन गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको