Logo
21 Feb 2024    ९ फाल्गुन २०८०, बुधबार

ताजा खबर

क्यानडा–११ माथि नेपाल ए २ विकेटले विजयी सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो गायक सौगात र गायिका सुरक्षाको स्वरमा ‘तिम्रो मिठो मुस्कान’ सार्वजनिक(भिडियो) सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु

आजबाट प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार सूचीकरण गरिँदै

admin

shram tatha rojagar mantralay

काठमाडौँ —चैत १ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि आजदेखि बेरोजगार सूचीकरण गरिँदैछ ।

७५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिएका रोजगार संयोजकले बेरोजगार युवाको लगत संकलन गर्नेछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिलाई चैत महिनाभित्र आफूले स्थायी बसोबास गर्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सूचीकृत हुन आग्रह गरेको छ ।

बेरोजगार युवाले सरकारले तोकेको ढाँचामा आफ्नो वैयक्तिक विवरणसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ । वडा कार्यालयबाट संकलित गरिएको बेरोजगारको निवेदन गाउँ तथा नगरसभाले अनुमोदन गरेपछि रोजगार संयोजकले रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्नेछन् ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सार्वजनिक निर्माण तथा सार्वजनिक क्षेत्रका अन्य कार्यक्रममा पर्याप्त संख्यामा रोजगारी सिर्जना गर्ने गरी समन्वयात्मक र योजनाबद्ध ढंगले कार्यान्वयन गर्ने प्रबन्ध गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको हो ।

सरकारले बेरोजगार युवालाई एक आर्थिक वर्षभित्र न्यूनतम् १०० दिनको रोजगारी उपलब्ध गराउने उद्देश्यले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याइसकेको छ । न्यूनतम् १०० दिनको रोजगारी प्रदान गर्न नसके रोजगारी प्राप्त गर्न नसकेको दिनको ५० प्रतिशत रकम निर्वाह भत्ताका रुपमा दिईनेछ ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको