Logo
04 Mar 2024    २१ फाल्गुन २०८०, सोमबार

ताजा खबर

प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा फागुन २४ देखि २८ गतेसम्म चेम्बर एक्स्पो २०२४ आयोजना काठमाडौं महानगरकै क्यान्टिनमा बासी खाना, तिराइयो ५० हजार जरिवाना निताको स्वरमा ‘चुप चाप’ (भिडियो) नेपाल स्काउटको अन्तराष्ट्रिय आयुक्तमा देवराज घिमिरे दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

सरकारले चन्दलाई प्रतिबन्ध घोषणासँगै सुरक्षा सतर्कता बढायो

admin

Biplav_Party

काठमाडौँ —चैत १ ।

सरकारले प्रतिबन्ध लगाएको विरोधमा नेक्रवित्रम चन्द नेतृत्वको नेकपाले गरेको देशव्यापी बन्दको बढी प्रभाव शैक्षिक क्षेत्रमा परेको छ । प्रहरी प्रधान कार्यालयले सातै प्रदेशबाट संकलन गरेको रिपोर्टले शैक्षिक संस्थान सबैभन्दा धेरै प्रभावित बनेको देखाएको छ । स्कर्टिङ र राजमार्ग सुरक्षा गस्ती बढाइए पनि लामो दूरीका सवारीसाधन प्रभावित बनेको प्रहरीले जनाएको छ ।

बन्दका कारण प्रदेश १ का ६० प्रतिशत शैक्षिक संस्था मात्रै सञ्चालनमा आएका थिए भने प्रदेश २ मा ७५ प्रतिशत शैक्षिक संस्था चले । प्रदेश ३, ५, ६ र कर्णाली प्रदेशका शैक्षिक संस्था फाटफुट मात्रै चलेको र गण्डकी प्रदेशका शैक्षिक संस्था ५० प्रतिशत मात्रै सञ्चालनमा आएको प्रहरी रिपोर्ट छ ।

महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकाका तीनै जिल्लाको अवस्था सामान्य रहेपनि पठनपाठन भने पूर्ण रूपमा प्रभावित भयो । सबैजसो प्रदेशका छोटो दूरीका सवारीसाधन सञ्चालनमा आए पनि लामो दूरीका सवारी सञ्चालन नभएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयबाट प्रहरी प्रधान कार्यालयमा आएको रिपोर्टअनुसार प्रदेश १ को इलामबाट मात्रै लामो दूरीका सवारीसाधन चलेका थिए । प्रदेश २ बाट लामो दूरीका सवारीसाधन थोरै चले भने गण्डकी प्रदेशको कास्कीबाट काठमाडौंका लागि सवारी छुटे पनि अन्य जिल्लाबाट चलेनन् । प्रदेश ५, ६ र कर्णाली प्रदेशबाट पनि लामो दूरीका सवारीसाधन चलेनन् । बन्दको सबैभन्दा धेरै प्रभाव प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा पर्‍यो । त्यहाँ लामो र छोटो दूरीका दुवै सवारीसाधन ठप्प रहे । देशैभरि बजार र कलकारखाना खुला रहेको र सार्वजनिक गतिविधि सामान्य प्रभावित बनेको प्रहरीले जनाएको छ ।

नेकपाले बन्द सफल पार्न देशैभरि विस्फोट र आगजनी प्रयास गरेको प्रहरीको रिपोर्ट छ । प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार साँझसम्म कैलाली, कास्की, सिन्धुपाल्चोक, रौतहट, जुम्ला, स्याङजा, मकवानपुर, रुकुम पूर्व, बाग्लुङ, बाजुरा र गोर्खामा विस्फोटक पदार्थ भेटिएको थियो । कैयौं ठाउँमा नक्कली बम राखेर आतंक सिर्जना गरेको पाइएको छ ।

नेकपाका कार्यकर्ताले कैलालीमा बसमाथि आगजनी गरेको तथा कपिलवस्तु, नवलपरासी र मकवानपुरमा ट्रकमा क्षति पुर्‍याएका छन् । प्रहरीले बन्द गराउने काममा संग्लन रहेको भन्दै ४ जनालाई पक्राउ गरेको छ ।

सुरक्षा सतर्कता बढाइयो
सरकारले चन्द नेतृत्वको नेकपाका गतिविधि प्रतिबन्धित घोषणा गरेसँगै प्रहरीले देशव्यापी सुरक्षा सतर्कता बढाएको छ । प्रहरी स्रोतका अनुसार दुर्गम भेगका प्रहरीचौकीमा आक्रमण हुन सक्ने भन्दै प्रहरीले सतर्क रहन निर्देशन दिएको छ । त्यस्तै, राजधानी र देशका सबैजसो मुख्य सहरमा गस्ती, चेकजाँच र प्रहरी परिचालन बढाइएको छ ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार सादा पोसाकका प्रहरीको परिचालन बढाइएको छ भने सूचना संकलनलाई तीव्रता दिइएको छ । प्रहरीले चन्द समूह सम्बद्धहरूको सूची तयार पार्ने, प्रत्यक्ष संग्लनलाई पक्राउ गर्ने र सदाशय राख्नेमाथि निगरानी गर्ने नीति लिएको छ ।

राजधानी कम प्रभावित
महानगरीय प्रहरी कार्यालयले उपत्यकाको सुरक्षा अवस्था सामान्य रहेको र बन्दले प्रभावित नभएको जनाएको छ । कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीका अनुसार संवेदनशील स्थानमा निगरानी, नियमित जाँच र सरप्राइज जाँच सुरु गरिएको र गस्ती बढाइएको बताए । उनले भने, ‘काठमाडौं छिर्ने र बाहिरिने नाकामा जाँच र सादा पोसाकका प्रहरी परिचालन बढाइएको छ ।’

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको