Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

गाह्रोले च्यापिएर दुई जनाको मृत्यु

admin

निरन्तरको वर्षापछि बागलुङको गलकोट नगरपालिका-९ बडगाउँमा घरको गाह्रोले च्यापिएर दुई जनाको मृत्यु भएको छ ।

गएराति करिब १ बजेको समयमा घरको पछाडिपट्टकिो गाह्रो भत्तिएपछि एकै परिवारका ७५ बर्षीय जयलाल बिक र उनका नाति १३ बर्षीय छोरा बिबेक बिकको घटनास्थलै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।

घरमा नाति, हजुरबुबा मात्र बस्दै आइरहेका थिए । राति करिब ११ बजेको समयमा बिबेक आफन्तकोबाट टेलिभिजन हेरेर र्फकेका उन्का आफन्त प्रदिप सुनारले बताए ।

बिहान अबेरसम्म पनि नाति र हजुरबुबा नउठेपछि आफन्तले हेर्न जाँदा पुरिएको अवस्थामा देखेको र स्थानीयलाई खबर गरेको सुनारले बताए ।

स्थानीय र प्रहरी प्रशासनको सहयोगमा दुवैको शव निकालेर पोष्ट्मार्टमका लागि गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा लगिएको छ ।

यसैबिच गलकोट नगरपालिकाले मृतक परिवारका लागि तत्काल राहतस्वरुप ३० हजार सहयोग गर्ने भएको छ ।

घटनास्थलको स्थलगत अवलोकन गरी गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले ३० हजार प्रदान गर्ने बताएका हुन् ।

थम्मन थापाबाट


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको