Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

ईजिप्टको अलेक्जेन्ड्रियामा नव नायिका मन्जु गुरुङ्गले ‘एम एस एन एक्सीलेन्स अवार्ड’ हात पारिन

admin

MSN Excellence Award, Egypt- Manju Gurung

काठमाडौँ —चैत ४ ।

राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा चर्चित फेशन डिजाईनर मन्जु गुरुङ्गले ‘उदयीमान नव नायिका’ विधाको यसवर्षको एम एस एन एक्सीलेन्स अवार्ड हात पार्न सफल भएकि छिन।

नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो।

‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा संचारकर्मी, गायक-गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, ईभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।

नेपाली चलचित्र क्षेत्रमा गुरुङ्ग भाषामा बनेको चलचित्र खै ओ मिथेवा मार्फत नव नायिकाको रुपमा प्रवेश गरी नेपाली सिने जगतमा चर्चाको शिखरमा पुग्न सफल मन्जु बिभिन्न म्युजिक भिडियोमा आफ्नो प्रतिभा प्रस्तुत गरी उदयीमान नायिकाको रुपमा थुप्रै अवार्ड तथा सम्मान प्राप्त गर्न सफल भै सकेकि छिन ।

विभिन्न समयमा सामाजिक कार्यहरुमा संलग्न रही नेपाली फिल्म ईन्ड्स्ट्रीमा गुरुङ्गले पुर्याएको अतुलनीय योगदानको कदर तथा प्रशंसा गर्दै जुरी मेम्वर एक्ज्युकेटिभ डाईरेक्टर अफ नेशनल सेन्टर फर हेल्थ एण्ड न्युट्रेसन डा सुशिला मल्ल, नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष डा श्याम खड्का र एसियन डेभलपमेन्ट बैंकका लागि नेपाल सरकारका पूर्व प्रतिनिधि तुलसी प्रसाद न्यौपाने तथा आयोजक मोडल सङ्ग्स नेपालको निर्णायक मण्डलबाट उदयीमान नव नायिका विधाको यसवर्षको एमएसएन एक्सीलेन्स अवार्ड नव नायिका मन्जु गुरुङ्गलाई प्रदान गरिएको आयोजक संस्था मोडल सङ्ग्स नेपालका सिईओ डेभिल सिंह राजपुतले जनाएका छन ।

पछिल्लो समय विभिन्न म्युजिक भिडियो तथा फेशन शो हरुमा व्यस्त रहेकी मन्जु छिट्टै नै आफ्नु अर्को चलचित्र मार्फत दर्शकहरुमाझ आउने तयारीमा रहेकी छिन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको