Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित

निर्मला हत्या प्रकरणमा तत्कालीन एसपी बिष्ट अदालत उपस्थित

admin

sp dilli raj bista

कञ्चनपुर — चैत ५ ।

निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी दिल्लीराज बिष्ट अदालतमा उपस्थित भएका छन् ।उनी मंगलबार बिहान ११ बजे कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

उनकाे बयान तयारी भइरहेकाे छ । बिष्टसँगै पक्राउ पुर्जी जारी गरिएका तत्कालीन डीएसपी अगुर जिसी भने अदालतमा उपस्थित भएका छैनन् ।

निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी विष्ट र डीएसपी जीसीलाई पक्रन जिल्ला अदालतले फागुन २६ मा ३५ दिने म्याद जारी गरेको थियो । सोही कसुरमा मुद्दा लागेका अन्य छ जनालाई भने धरौटीमा छुटेका छन् ।

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले अदालतमा उपस्थित भएका ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियाे।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको