Logo
14 Jul 2024    ३१ असार २०८१, आईतवार

ताजा खबर

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध पहिरोमा बेपता मध्ये १४ यात्रुको नाम सार्वजनिक

इथियोपियन र लायन एयर दुवैको दुर्घटनाको कारण उस्तै

admin

ethiopia-airplane-airlines-indonesia

अदिस अबाबा —चैत ५ ।

एक साताअघि दुर्घटनामा परेको इथियोपियन एयरलाइन्सको विमान र गतवर्ष अक्टोबरमा इन्डोनेसियामा भएको लायन एयरको विमान दुर्घटनाबीच स्पष्ट समानता देखिएको छ ।

इन्डोनेसियाको जकार्तास्थित विमानस्थलमा राखिएको लायन एयरको बोइङ ७३७ म्याक्स–८ विमान । तस्बिर : रोयटर्स

इथियोपियाका यातायात मन्त्री दग्मावित मोगेसका अनुसार ‘इथियोपियन एयरलाइन्सको उडान ३०२ र लायन एयरको उडान ६१० बीच स्पष्ट समानता’ देखिएको छ । उनले दुर्घटनाबारे थप अनुसन्धान गरिने जनाए ।

दुवै विमान अमेरिकी कम्पनी बोइङले उत्पादन गरेको ७३७ म्याक्स–८ मोडलका हुन् । यातायात मन्त्री मोगेसले घटनाबारे प्रारम्भिक प्रतिवेदन ३० दिनभित्र सार्वजनिक गरिने जनाए ।

दुवै विमानमा उडानको निगरानी राख्ने तथ्यांकको विश्लेषण गर्दा विमान उचाइमा पुगेपछि तीव्र उतारचढाव देखिएको उनको भनाइ छ । दुर्घटनामा ज्यान गुमाउनेको शवबिना नै अदिस अबाबमा सामूहिक अन्तिम संस्कार गरिएको छ ।

बोइङका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डेनिस मुलन्बर्गले घटनाको अनुसन्धानमा आफूहरूले सहयोग गर्ने बताइसकेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै विमानको उडान नियन्त्रण प्रणालीको व्यवहारबारे उठेका प्रश्न सम्बोधन गर्न सफेयर अद्यावधिक गर्ने’ बताए ।

केन्या र इथियोपियामा पीडितको सम्झनाका लागि कार्यक्रम गरिएको छ । राष्ट्रिय झण्डामा बेरिएका रित्ता शवपेटिका राखिएका गिर्जाघरमा हजारौं मानिस जम्मा भएका थिए । ज्यान गुमाउनेको त्यहाँ शवबिना नै सामूहिक अन्तिम संस्कार गरियो ।
इथियोपियन एयरलाइन्सकोफ्लाइट ३०२ विमान अदिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको केही मिनेटमै विमान चालकले समस्या भएको जानकारी दिएका थिए । उनले विमान फर्काउन अनुमति मागे पनि उडेको ६ मिनेटभित्रै दुर्घटनाभएको थियो ।

हवाई ट्राफिक अनुगमन गर्नेफ्लाइट राडार २४ ले विमान उडेपछि ठाडो हुने समयमा गति अस्थिर रहेको उल्लेख गरेको छ । फ्रान्सेली हवाई सुरक्षा अनुसन्धानकर्ताले विमानको डेटा रेकर्डर र ब्ल्याक बक्सबाट संकलन गरिएको विवरणका आधारमा उक्त निष्कर्ष निकालेको जनाइएको छ ।

सन् २०१८ को अक्टोबरमा जाकार्ता विमानस्थलबाट उडेको लायन एयरलाइन्सको विमान दुर्घटना हुँदा १८९ को ज्यान गएको थियो । त्यसपछि गरिएको अनुसन्धानमा बोइङ म्याक्स–८ विमान उडेलगत्तै धेरै ठाडो हुनबाट रोक्ने ‘एन्टिस्टल’ प्रणालीमा समस्या हुने गरेको देखिएको थियो । चालक दलले विमानको चुच्चो माथितिर सोझ्याएर त्रुटि सच्याउन खोजे पनि २० पटकभन्दा बढी समस्या आएका कारण असफल भएको अनुसन्धानमा देखिएको थियो ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको