Logo
10 Feb 2025    २८ माघ २०८१, सोमबार

ताजा खबर

सुनको मूल्य बढ्यो महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

काठमाडौं प्रशासनले पत्र लेख्दै भन्यो, ‘अन्सारीको नागरिकता त्रुटि मानवीय कारण’

admin

ansari

काठमाडौँ —चैत ५ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले समिम मियाँ अन्सारीको नागरिकताका सन्दर्भमा संसदीय सुनुवाइ समितिलाई पत्र लेखेर स्पष्ट पारेको छ । प्रशासन कार्यालयका अनुसार २०५५ पुस २२ मा अन्सारीले लिएको ७३८४ नम्बरको नागरिकतामा जन्म मिति २०३०/६/२४ भएको र २०६६ भदौ ९ मा ८७१ नम्बरको नागरिकतामा पनि २०३०/६/२४ नै भएपनि रजिस्टरमा २०३७/६/२४ हुनुमा जारी गर्ने अधिकारी र कर्मचारीको मानवीय कारणले त्रुटि भएको हो ।

समितिले गत फागुन २३ मा अन्सारीको नागरिकताका सम्बन्धमा स्पष्ट पार्न जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको थियो। प्रशासनले फागुन २६ मा त्यसको जवाफ पठाएको हो। संवैधानिक परिषद्ले अन्सारीलाई गत माघ ५ मा मुस्लिम आयोगको अध्यक्षका लागि सिफारिस गरेको थियो। तर, उनीबारे समितिमा उजुरी परेको थियो। उजुरीबारे समितिले पनि छानबिन गरेको थियो।

तर, अन्सारीको नाममा सत्तारुढ दल नेकपाकै सांसदहरुको मत बाझिएको थियो। कांग्रेस र राजपाका सांसदले बहिस्कार गरेपछि झनै उनलाई सहज भएको थियो। समितिले समयमै अनुमोदन गर्न नसकेपछि उनको नाम अनुमोदित भएको थियो। सिफारिस भएको ४५ दिनभित्र समितिले कुनै निर्णय लिन नसके स्वतः अनुमोदित हुने संवैधानिक व्यवस्थाअनुसार उनी फागुन २६ मा अध्यक्षका लागि वैध भएका थिए।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको