Logo
14 Jun 2024    १ असार २०८१, शुक्रबार

ताजा खबर

प्राप्ति श्रेष्ठले पहिरन सफल भईन एसईई प्रिन्सेसको ताज प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन श्रिया कार्की र विशाल बिष्ट बने मिस्टर एण्ड मिस ग्रेस एसईई पाचौं संस्करणको शिर्ष ताज बिजेता  निर्देशक माधवराज खरेल निर्देशित “मृत्युकोष”को छायाँकन सम्पन्न मानसिक थकान मार्ने प्रतिक्षालय हो मुस्ताङ्ग ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्य

आज तराईमा होली पर्व मनाइँदै

admin

terai holi celebration

काठमाडौँ —चैत ७ ।

रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ ।

काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरुमा हिजो होली पर्व मनाइएको थियो ।

वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ ।

तराईका धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा, सप्तरी, उदयपुर, झापा, मोरङ, सुनसरी, बाँके, बर्दिया, कैलालीलगायतका जिल्लामा आज बिहानैदेखि होली मनाउनेहरुको चहलपहल बढेको छ ।

होली पर्वलाई संयमित बनाउन सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको