Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

अमेरिकाले नेपाललाई प्रदान गर्ने करिब ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सहयोग रोक्यो १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने पोखरा भ्रमण वर्षको उद्घाटनमा घाइते भएका अर्थमन्त्री पौडेललाई राष्ट्रपतिले भेट्ने

विश्व मानवअधिकारवादी संस्था एम्नेस्टीले सरकारलाई महिला हिंसाविरुद्ध बुझायो २३ हजारभन्दा बढी पत्र

admin

amnesty

काठमाडौँ —चैत ७ ।

विश्व मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलको नेपाल शाखाले नेपाल सरकारलाई २३ हजारभन्दा बढी पत्र हस्तान्तरण गरेको छ ।

पत्रलेखनकै माध्यमबाट जोखिमपूर्ण अवस्थामा रहेका मानिसको मानवअधिकार रक्षाका लागि कार्यरत् एम्नेस्टी इन्टरनेसनलको नेपाल शाखाले नेपालमा बढ्दो महिला हिंसा रोक्न माग गर्दै उक्त पत्रहरु नेपाल सरकारअन्तर्गत्को गृह मन्त्रालयमा बुझाएको हो ।

महिला हिंसा अन्त्यका लागि ठोस उपायहरूको माग राख्दै २३ हजार २४७ पत्र गृह मन्त्रालयलाई बुझाएको एम्नेस्टी नेपालले जनाएको हो ।

ती पत्र एम्नेस्टी इन्टरनेसनल नेपालका सदस्य तथा समर्थकहरूले एम्नेस्टी इन्टरनेसनलको सन् २०१८ को २९ नोभेम्बर देखि २० डिसेम्बरसम्म चलेको विश्वव्यापी पत्रलेखन कार्यक्रम ‘राइट फर राइट्स’ अभियानकाक्रममा संकलन गरेका थिए ।

पत्रहरूमा स्थायी सरकार बनेको परिवर्तित राजनीतिक सन्दर्भमा पनि नेपालमा बढ्दो महिला हिंसा र गहिरिँदै गइरहेको दन्डहीनताको डरलाग्दो अवस्थाप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यका लागि शीघ्र प्रभावकारी कदम चाल्न, पीडकलाई कानुनी कारबाही गर्न र बलात्कारको घटनामा उजुरी गर्ने हालका एकवर्षे हदम्यादको प्रावधान हटाइ कुनैपनि हदम्याद नराख्ने दिशामा कानुन संशोधनको प्रक्रिया अघि बढाउन पनि आह्वान गरिएको छ ।

एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियासहितको एक प्रतिनिधिमन्डलले गृह मन्त्रालयमा पुगेर उक्त पत्रहरु बुझाएको हो ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको