Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित

काभ्रेमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहानको समाचार आधारहीन

admin

nekapa biplav-press bigyapti

काठमाडौँ —चैत ७ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै काभ्रेमा प्रहरी र नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको समाचार आधारहीन भएको जनाएको छ । पार्टीका मध्य केन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रहरी आफैले एकतर्फी गोली चलाएर संगठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका अभियानकर्मी विशाल तामाङ, नुमबाहदुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई पक्राउ गरेको उल्लेख छ ।

विज्ञप्तिमा आफ्नो आन्दोलन पुँजीवादीसँग भएको भन्दै अहिले प्रहरी तथा सुरक्षा निकायमाथि आक्रमण गर्ने योजना नभएको स्पष्ट पारेको छ । बिहीबार प्रेसविज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको निशाना दलाल पुँजीवादी, कालोबजारी, भ्रष्टाचारी र बलात्कारीहरू रहेको तर सेना, प्रहरी वा कुनै पनि सुरक्षा निकाय लक्षित आक्रमण गर्ने नीति नभएको स्पष्ट पारेको छ ।

(नयाँ पत्रिका)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको