Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

निर्माण उद्योगमैत्री कानुनका लागि सरकारको प्राथमिकता: प्रधानमन्त्री प्रचण्ड मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने काठमाडौंको छाउनीस्थित आफ्नै घरमा डाक्टर झुन्डिएको अवस्थामा मृत फेला विगतमा भन्दा सुधार भएपनि महिला सशक्तीकरणमा धेरै गर्न बाँकी छ : प्रधानमन्त्री प्रचण्ड ‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु

अर्को वर्ष हुने युरो कप फुटबल प्रतियोगिताको छनोट चरणका खेल सुरु

admin

euro cup

काठमाडौँ —चैत ८ ।

अर्को वर्ष हुने युरो कप फुटबल प्रतियोगिताको लागि छनोट खेलहरु सुरु भएका छन् ।

गएराति भएका छनोट खेलमा बेल्जियम र नेदरल्याण्ड्सले सहज जित निकाल्दा स्कटल्याण्डले अनपेक्षित हार बेहोरेको छ । युरो कप छनोट समूह ‘सी’का खेलहरुमा नेदरल्याण्ड्सले बेलारुसलाई ४–० ले हराउँदा नर्दन आयरल्याण्डले ईस्टोनियालाई २–० ले पराजित गर्‍यो ।

युरो छनोट समूह ‘ई’को खेलमा क्रोएसियाले अजरबैजानलाई २–१ ले हराउँदा स्लोभाकियाले हंगेरीलाई २–० ले पाखा लगायो । यसैगरी समूह ‘जी’का खेलमा पोल्याण्डले अष्ट्रियालाई १–० ले हराउँदा उत्तरी मेसेडोनियाले लात्भियालाई ३–१ ले हराएको छ । यही समूहको अर्को खेलमा ईजरायल र स्लोभेनियाले १–१ गोलको बराबरी खेले ।

समूह ‘आई’का खेलमा बेल्जियमले रुसलाई ३–१ ले हराउँदा काजखस्तानले स्कटल्याण्डलाई ३–० ले तथा साईप्रसले सान मारिनोलाई ५–० ले पराजित गरे ।

युरो कप फुटबलको १६ औं संस्करण अर्को वर्ष जुन १२ देखि जुलाई १२ सम्म आयोजना हुँदैछ । युरोपियन च्याम्पियनसिप प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा यसपटक युरोपका विभिन्न १२ देशका १२ शहरले संयुक्तरुपमा युरोकप आयोजना गर्दैछन् ।

२४ टोली सहभागी हुने प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल लण्डनको ऐतिहासिक वेम्बले रंगशालामा हुनेछन् ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको