Logo
10 Dec 2025    २५ मंसिर २०८२, बुधबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

अर्को वर्ष हुने युरो कप फुटबल प्रतियोगिताको छनोट चरणका खेल सुरु

admin

euro cup

काठमाडौँ —चैत ८ ।

अर्को वर्ष हुने युरो कप फुटबल प्रतियोगिताको लागि छनोट खेलहरु सुरु भएका छन् ।

गएराति भएका छनोट खेलमा बेल्जियम र नेदरल्याण्ड्सले सहज जित निकाल्दा स्कटल्याण्डले अनपेक्षित हार बेहोरेको छ । युरो कप छनोट समूह ‘सी’का खेलहरुमा नेदरल्याण्ड्सले बेलारुसलाई ४–० ले हराउँदा नर्दन आयरल्याण्डले ईस्टोनियालाई २–० ले पराजित गर्‍यो ।

युरो छनोट समूह ‘ई’को खेलमा क्रोएसियाले अजरबैजानलाई २–१ ले हराउँदा स्लोभाकियाले हंगेरीलाई २–० ले पाखा लगायो । यसैगरी समूह ‘जी’का खेलमा पोल्याण्डले अष्ट्रियालाई १–० ले हराउँदा उत्तरी मेसेडोनियाले लात्भियालाई ३–१ ले हराएको छ । यही समूहको अर्को खेलमा ईजरायल र स्लोभेनियाले १–१ गोलको बराबरी खेले ।

समूह ‘आई’का खेलमा बेल्जियमले रुसलाई ३–१ ले हराउँदा काजखस्तानले स्कटल्याण्डलाई ३–० ले तथा साईप्रसले सान मारिनोलाई ५–० ले पराजित गरे ।

युरो कप फुटबलको १६ औं संस्करण अर्को वर्ष जुन १२ देखि जुलाई १२ सम्म आयोजना हुँदैछ । युरोपियन च्याम्पियनसिप प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा यसपटक युरोपका विभिन्न १२ देशका १२ शहरले संयुक्तरुपमा युरोकप आयोजना गर्दैछन् ।

२४ टोली सहभागी हुने प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल लण्डनको ऐतिहासिक वेम्बले रंगशालामा हुनेछन् ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको