Logo
22 Jan 2025    ९ माघ २०८१, बुधबार

ताजा खबर

साढे चार अर्ब फिर्ता गरिदिन माग गर्दै महानगरमा सहकारी बचतकर्ताको निवेदन अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो सुनको भाउ एकै दिन १९ सयले बढ्यो सञ्चारकर्मी तथा गीतकार गीताको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण टर्कीमा भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ७६ पुग्याे संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

एसईई परीक्षा आइतबारदेखि सञ्चालन हुने, सम्पूर्ण तयारी पूरा

admin

SEE Board

काठमाडौँ —चैत ८ ।

आइतबारदेखि सञ्चालन हुने यस वर्षको विद्यालयस्तरीय एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा सञ्चालन परीक्षा नियन्त्रण कार्यलयले गरे पनि आवश्यक खर्च, अनुगमन र जनशक्तिको व्यवस्थापन भने यस वर्षदेखि प्रदेश सरकारले गर्दैछ ।

एसईई परीक्षामा ४ लाख ७५ हजार विद्यार्थी सामेल हुँदैछन्, जसमा २ लाख ३६ हजार ४४५ छात्र र २ लाख ३८ हजार ५५८ छात्रा छन् । यस्तै एक्जाम्टेडतर्फ १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

यस वर्षदेखि परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको सम्पूर्ण विवरण अनलाईनमार्फत राख्ने प्रणाली सुरु गरेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

परीक्षाका लागि देशभर १ हजार ९६९ वटा परीक्षा केन्द्र छुट्याईएको छ । काठमाडौमा यस वर्ष १६ केन्द्र थपिएको छ । एउटा परीक्षा केन्द्रमा ४ सय भन्दा बढी विद्यार्थी हुँदा परीक्षा सञ्चालन गराउन समस्या भएकाले परीक्षा केन्द्र थप गरिएको परीक्षा नियन्त्रक अधिकारीले बताए ।

परीक्षा सञ्चालनका लागि लाग्ने जनशक्ति, परीक्षा गराउन लाग्ने खर्च र अनुगमनको लागि प्रदेश तहमा यस बर्ष करिब ३४ करोड रकम पठाईएको छ । परीक्षा गराउने र कपी परीक्षण भने परीक्षा नियन्त्रण कार्यलयवाट हुनेछ जसको लागि २४ करोड रकम छुट्याईएको छ ।

परीक्षामा हुने अनियमितता रोक्न एवं यसलाई मर्यादित र व्यवस्थित बनाउन विगत वर्षहरु जस्तै यस वर्ष पनि सम्पूर्ण स्रोत परिचालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको