Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो

मिलाप फाउण्डेसनद्वारा नुवाकोटको विदुरमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

admin

news-pic-nuwakot

काठमाडौँ —चैत ८ ।

मिलाप फाउण्डेसनले शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारा सहित सामाजिक अभियान सुरु गरेको मिलाप फाउण्डेसनले शुक्रबार नुवाकोट, विदुर–३ मैतार स्थित चण्डी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो ।

इभेन्टम्यानेजमेन्ट एसोसियन अफ नेपाल (इमान) र विदुर नगरपालिका वार्ड नं. ३को सहकार्यमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा एकसय ५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरणा गरिएको छ ।

जिल्ला समन्वय समिति नुवाकोटका सदस्य गणेशबहादुर शाहीको प्रमुख आतिथ्यता एवम् विदुर नगरपालिका–३का वडा अध्यक्ष बद्री रिमालको विशेष आतिथ्यतामा विद्यालयमा अध्यनरत विद्यार्थीलाई सामाग्री वितरणा गरिएको थियो ।

विशुद्ध सामाजिक सेवाका भावनाले सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको मिलाप फाउण्डेसनले चण्डी आधारभूतमा शैक्षिक तथा खेलकुद सामाग्री कार्यक्रममा साथ सहयोग पुर्याउने सबैलाई धन्यावाद दिदै आउँदा दिनहरुमा पनि समाजका विभिन्न क्षेत्रमा काम गर्ने फाउण्डेसनकी अध्यक्ष गीता अधिकारीले बताइन । उनले नेपालमा २०७२ सालमा गएको विनासकारी भुकम्पमा आहत भएकाहरुलाई तत्काल राहत पुर्याउने कार्य गरेको स्मरण गर्दै फाउण्डेसनले समय समयमा सामाजिक कार्य गर्दै आएको बताउँदै, अब यसलाई अझ विस्तृत रुपमा लैजान आफूहरु तयारी गरिरहेको जनाकारी गराइन ।

प्रमुख अतिथि गणेश र विशेष अतिथि बद्री रिमालले मिलापले आफ्नो ठाउँमा आएर विद्यार्थीहरुलाई सहयोग पुर्याएकोमा धन्यवाद दिएका थिए ।
शैक्षिक तथा खेलकुद सामाग्री वितरण कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष राज लुईंटेल, महासचिव किरणप्रसाद अधिकारीले समाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिने बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको