
काठमाडौँ —चैत ११ ।
कतारसँग ५-० गोलले पराजित भएसँगै नेपाल एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरणबाट बाहिरिएको छ । पहिलो खेलमा नेपालले ओमानसग १-० को पराजय व्यहोरेको थियो ।
दोहास्थित एस्पायर एकेडेमी मैदानमा भएको खेलमा घरेलु टोली कतारबिरुद्ध रक्षात्मक रणनीति लिएको नेपालको प्रदर्शन निकै कमजोर देखियो। मुख्यतः गोलरक्षक अपर्ण कार्कीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्।
कतारका लागि कप्तान बासम अलरावी र अब्दुल्लाह अलाराकले २-२ तथा खालिफा साद खालिफले एक एक गोल गरे।
२५औं मिनेटमा कतारले पेनााल्टीमार्फत अग्रता लिएको हो। अनन्त तामाङले कतारका हसन अहमद पालाङलाई फल गरेपछि पाएको पेनाल्टीमा अब्दुल्लाहले गोल गरे।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको कतारले दोस्रो हाफमा ३ गोल थप्यो।५३ औं मिनेटमा एसियन च्याम्पियन कतारी टोलीका सदस्यसमेत रहेका कप्तान बासमले करिव ३५ यार्डबाट प्रहार गरेको बल गोलरक्षक अपर्ण कार्कीले जज गर्नै सकेनन्।
त्यसको ७ मिनेटपछि कतारले तेहेरो अग्रता बनायो। कतारका डिफेण्डर खालिफा सादले गरेको क्रस क्लियर गर्ने क्लबमा डिफेेण्डर दिनेश राजवंशीले आफ्नो पोष्टमा गोल गर्न पुगे।
८० औं मिनेटमा कतारले चौथो तथा निर्णायक गोल गर्यो। नितिन थापाले अब्दुल्ला अल सेहीलाई फल गरेपछि पाएको फि्रककमा कप्तान बासमले २५ यार्डबाट प्रहार गरेको बल गोलमा परिणत भयो। इन्ज्यूरी समयको दोस्रो मिनेटमा कतारले पाचौं तथा निर्णायक गोल गर्यो।
(कान्तिपुर दैनिक)
