Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

प्रधानमन्त्रीले दिए विप्लव समूहलाई वार्तामा आउन चैतसम्मको अल्टिमेटम

admin

pm-oli

काठमाडौँ — चैत ११ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेक्रवित्रम चन्द नेतृत्वको नेकपालाई हतियार बिसाएर वार्तामा आउनका लागि चैत महिनासम्मको अल्टिमेटम दिएका छन् । यो महिनाभित्र हतियार बिसाएर वार्तामा नआए सरकार नियन्त्रणका लागि अझ आक्रामक बन्ने संकेत उनले दिएका छन् ।

नेकपाको संसदीय दलको सोमबारको बैठकलाई सम्बोधन गर्नै प्रधानमन्त्री ओलीले चन्द समूहका गतिविधि हिंसात्मक भएकाले त्यसलाई रोक्न राज्यले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे।

‘यही चैत महिना भरीमा हतियार बिसाएर कुराकानीमा आउनुपर्‍यो। त्यसको लागि ढोका बन्द भएको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हिंसा छाडेर, हतियार बिसाएर नआए सम्पूर्ण रुपमा नियन्त्रणमा लिइन्छ।’

प्रधानमन्त्री ओलीले आइतबार संघीय संसदमा पनि सम्बोधन गर्दै सरकार अघि बढेकाले अब व्याक गियर नलगाउने बताएका थिए। प्रमुख प्रतिपक्षी कांग्रेसले भने राज्यको शक्ति प्रयोग गरेर नियन्त्रण गर्ने भन्दा पनि वार्ताबाटै अघि बढ्नुपर्ने बताएको थियो।

चन्द समुहले विकास आयोजना, दुरसञ्चारका टावर, सरकारी तथा नीजि कार्यालयहरु लगायतमा विस्फोट, स्थानीय निकाय, व्यापारी व्यावसायी लगायतसँग चन्दा उठाउने क्रियाकलाप बढाएको छ। त्यसैले सरकारले उसका गतिविधिलाई प्रतिबन्ध समेत लगाइसकेको छ। चन्द समूहका नेताहरु पक्राउ पनि परिरहेका छन्। तर अझै पनि वार्ताका लागि केही समय बाँकी रहेकाले यो महिनाभित्र वार्तामा बस्ने गरी आउन प्रधानमन्त्रीले सम्झाएका हुन्।

बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुलाई सरकारले गरेका कामको सकारात्मक सन्देश लिएर जिल्ला जान निर्देशन दिए। संसदको अधिवेशन सकिएकाले अर्को अधिवेशन सुरु हुने अवधिसम्म सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा जान लागेकाले त्यहाँकसरी प्रस्तुत हुने भन्ने प्रशिक्षण गर्न सोमबार संसदीय दलको बैठक बसेको थियो।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको