Logo
21 Feb 2024    ९ फाल्गुन २०८०, बुधबार

ताजा खबर

क्यानडा–११ माथि नेपाल ए २ विकेटले विजयी सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो गायक सौगात र गायिका सुरक्षाको स्वरमा ‘तिम्रो मिठो मुस्कान’ सार्वजनिक(भिडियो) सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु

इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जावको विजयी सुरुवात, क्रिश गेलको उत्कृष्ट ब्याटिङ

admin

काठमाडौँ — चैत १२ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा किंग्स इलाभेन पञ्जावले विजयी सुरुवात गरेको छ ।

गएराति जयपुरस्थित राजस्थानको मैदानमा भएको खेलमा क्रिश गेलले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जावले जित निकालेको हो ।

खेलमा १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा नौ विकेट गुमाउँदे १ सय ७० रनमै समेटियो ।

उसका लागि जोस बट्लरले ४३ बलमा ६९ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो ।

उसका लागि क्रिश गेलले ७९ रन बनाउँदा सर्फराज खानले अविजित ४६ रनको योगदान दिए ।

बलिङतर्फ राजस्थानका बेन स्टोक्सले दुई विकेट लिए । आईपिएल क्रिकेटमा आज दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किङ्ससँग खेल्ने छ ।

पहिलो खेलमा विजयी भएका दिल्ली र चेन्नाई आज लगातार दोस्रो जितको खोजीमा छन् ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको