Logo
10 Dec 2025    २५ मंसिर २०८२, बुधबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

आईतवार पनि वर्षा नरोकिने, सतर्क हुन मौसमविदहरुको आग्रह

admin

आइतबार पनि वर्षा भारी मात्रमा हुने मौसमविदले बताएका छन् । शुक्रबारदेखि पानी पर्ने क्रम जारी रहेकाले देशका अधिकांश भाग डुवानमा छन् । मौसमविद सुवास रिमालले आइतबार पनि पानी पर्ने क्रम नरोकिने बताए ।

मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्य तथा आसपासको भागहरुमा बिद्यमान रहेकाले नेपालमा मनसुनी गतिबिधि सक्रिय अवस्थामा छ । यसकै प्रभावले गर्दा देशका अधिकांश स्थानहरुमा वर्षा भइरहेको जानकारी मौसमविदहरुले दिईरहेका छन ।

यसअघि जल तथा मौसम विज्ञान बिभागको बाढी पूर्वानुमान शाखाले नदी तथा खोलाहरुको जलस्तर बढिरहेकाले सतर्क रहन अपिल जारी गरेको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको