Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

समाजसेवामा मिसेस गुरुङ्ग का प्रतियोगिहरु

admin

एसके ईन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको मिसेस गुरुङ्ग २०१७ का प्रतियोगीहरुलाई आयोजक संस्थाले फिल्ड भिजिट गराउने क्रममा गोकर्ण स्थित संयुक्त अपांग एकता आवाज केन्द्रका संचालक तिल बहादुर कार्कीलाई नगद सहित खाद्यान्न हस्तान्तरण गरेको छ । केन्द्रलाई स्थापना कालदेखि नै उल्लेख्य रुपमा सहयोग गर्दै आउनुभएकी एस के ईन्टरटेन्मेन्टकी अध्यक्ष एवं समाजसेवी एवं आयोजक शान्ता लामाले यो पटक मिसेस गुरुङ्गका प्रतियोगीहरुका साथमा उक्त केन्द्रलाई सहयोग गर्न पाउदा निकै खुशी लागेको कुरा वताउनु भयो ।


नेपालमा पहिलो पटक हुन लागेको गुरुङ्ग समुदायको विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस गुरुङ्ग समुदायका विवाहित महिलाहरुको उल्लेख्य मात्रामा सहभागी रहेको छ । गुरुङ्ग जातिका समुदाय आफ्ना भेषभुषा,खानपान रितिरिवाज प्रति निकै सजग र अनुशासित मानिन्छ । यस किसिमका प्रतियोगिताले गुरुङ्ग महिला जातिमा रहेका आफ्ना क्षमता प्रदर्शनको दरिलो माध्यम हुन सक्ने कुरा आयोजक संस्था तथा सहभागीको रहेको पाइयो ।

प्रतियोगितको विजेतालाई विभिन्न आकर्षक नगद पुरस्कार सहित क्राउन, ट्रफी,लगायत विभिन्न अवसरहरु प्रदान गरिने आयोजक शान्ता लामाले वताउनुभयो । कार्यक्रमको फाईनल भाद्र ११ गते कमलादी स्थित प्रज्ञा भवनमा हुने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको