Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

दिल्लीस्थित नेपाली नियोगले प्रधानमन्त्री ओलीलाई ‘राष्ट्रपति’ सम्बोधन गरेको त्रुटिबारे परराष्ट्र मन्त्रालयले माग्यो स्पष्टीकरण

admin

foreign-affairs

काठमाडौँ — चैत्र १३ ।

दिल्लीस्थित नेपाली नियोगले प्रधानमन्त्री केपी ओलीलाई ‘राष्ट्रपति’ सम्बोधन गरेको गम्भीर त्रुटिबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण माग गरेको छ ।

भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविदसमक्ष बुझाएको ओहोदा प्रमाणपत्रबारे फागुन अन्तिम साता विज्ञप्ति जारी गर्ने क्रममा ‘नेपालका राष्ट्रपति केपी शर्मा ओलीले भारतीय समकक्षी कोविदको व्यक्तिगत स्वास्थ्य तथा प्रशन्नताको कामना गरेको’ विवरणसहित उल्लेख गरेको थियो । उक्त त्रुटीलाई लिएर नियोग उपप्रमुख भरतकुमार रेग्मीसहित सम्बद्ध अधिकारीलाई स्पष्टीकरण माग गरिएको परराष्ट्र स्रोतले बतायो ।

गत पुस १० मा इन्डोनेसियामा आएको सुनामीका कारण जनधनको क्षति भएपछि परराष्ट्र मन्त्रालयले इन्डोनेसियाली राष्ट्रपतिलाई ‘समवेदना’ जनाउनुपर्नेमा ‘शुभकामना’ पढाउँदै विज्ञप्ति जारी गरेको थियो । उक्त लापरबाहीबारे परराष्ट्र मन्त्रालयले छानबिन गरिने प्रतिक्रिया दिए पनि अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको