काठमाडौँ — चैत्र १४ ।
फ्रेन्च फुटबल खेलाडी लुकास हर्नान्डेज जर्मन क्लब बार्यन म्युनिखमा अनुबन्ध भएका छन् ।
विश्वकप फुटबल विजेता फ्रान्सका महत्वपूर्ण सदस्य रहेका हर्नान्डेजलाई बायर्नले स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट अनुबनध गरेको हो ।
हर्नान्डेजलाई बार्यनले कीर्तिमानी ८० मिलियन युरोमा पाँच बर्षका लागि अनुबन्धन गरेको हो ।
२३ बर्षका हर्नान्डेजले औपचारिक रुपमा आगामी जुलाई १ बाट बायर्न म्यरुखिनसँग जोडिनेछन् ।
हर्नान्डेज सेन्टर डिफेन्स र बाँया डिफेन्स दुवैबाट खेल्न सक्छन् । उनले स्पेनिस ला लिगमा ६७ खेल खेलेका छन् ।
एथ्लेटिको मड्रिडबाट उनले युरोपा लिग र सुपर कप जितेका छन् ।
फ्रान्सबाट उनले १५ अन्तराष्ट्रिय म्याच खेलेका छन् । उनले विश्वकपका सबै खेल खेलेका थिए ।
(ईमेज खबर)
लोकप्रिय समाचार

