Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

डा.केसीको आग्रह ,आन्दोलनका कार्यक्रम स्थगित गरौं

admin

अनसनरत डा. गोविन्द केसीले आन्दोलनका  सम्पुर्ण कार्यक्रम स्थगित गरी वाढी र पहिरो पीडितको उद्धारमा खटिन चिकित्सकहरुलाई आग्रह गर्नुभएको छ । बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको भन्दै अनशनस्थलबाटै डा. केसीले आफ्ना सुभचिन्तक चिकित्सकहरुलाई सो आग्रह गर्नुभएको हो । देशको अहसज परिस्थितिको कारण आन्दोलन स्थगित गर्दै सम्पुर्ण बाढी पहिरो पीडित नागरिकको उद्धार र सेवामा खटिन उहाँले आग्रह गर्नु भयो । नेपाल चिकित्सक संघका उपाध्यक्ष ढुन्डीराज पौडेललाई टेलिफोन गरी डा. केसी सो आग्रह गर्नुभएको उहाँका सहयोगीले बताएका छन् । अनसनरत डा. केसीको समर्थनमा नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघ अकस्मिक बाहेकका सेवा ठप्पपारी आन्दोलनमा उत्रिएका छन् । जसले गर्दा बाढी र पहिरो पीडित जनताको स्वास्थ्य सेवामा प्रतिकुल असर परेको छ ।  चिकित्सा शिक्षा ऐन पारितको माग गर्दै विगत २० दिनदेखी आमरण अनसनमा बसेका केसीको स्वास्थ्य अवस्था जोखिमपुर्ण रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको