Logo
10 Dec 2024    २५ मंसिर २०८१, मंगलवार

ताजा खबर

अनुसन्धानलाई प्रभावित पार्ने गरी बोल्नु ठीक होइन :गृहमन्त्री लेखक मानव बेचबिखनका फरार अभियुक्तलाई युएईबाट पक्राउ गरी काठमाडौं ल्याइयो प्रतिनिधि सभासँग राष्ट्रिय सभा १३ गोलले पराजित चोभारस्थित कबाडी संकलन केन्द्रमा आगलागी राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता सम्पन्न, ९ विद्यार्थी ग्लोबल कम्पिटिसनका लागि छनोट सुनको मूल्य तोलामा २१ सय रूपैयाँले बढ्यो

भारतमा चुनावअघि भूउपग्रहको राजनीति, अन्तरिक्ष महाशक्ति राष्ट्रको पंक्तिमा उभिन सफल भएको मोदीको दाबी

admin

indian satellite

नयाँदिल्ली — चैत्र १४ ।

भारतले पृथ्वीबाटै अन्तरिक्षमा रहेको सानो उपग्रह नष्ट गर्न सफल भएको दाबी गरेको छ । भारत अन्तरिक्ष विज्ञानमा यस किसिमको उपलब्धि हासिल गर्ने चौथो राष्ट्र हो । यसअघि अमेरिका, रूस र चीनले यस्तो सफलता हासिल गरिसकेका छन् ।

यसलाई भारतले ऐतिहासिक उपलब्धिका रूपमा अर्थ्याएको छ । बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्षको उपग्रह सफलतापूर्वक नष्ट गरेर अमेरिका, रूस र चीनसँगै भारत अन्तरिक्ष महाशक्तिको पंक्तिमा उभिन सफल भएको दाबी गरेका छन् ।

‘हर राष्ट्रको विकास यात्रामा यस्ता क्षण आउँछन्, जुन उसका लागि अन्यन्त गौरव गर्ने र आउने पुस्तालाई पनि प्रभाव पार्ने खालको हुन्छ । आज त्यस्तै भएको हो,’ उनले सम्बोधनमा भने । मोदीले यो अभियानलाई सफलतापूर्वक सम्पन्न गर्ने भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) का वैज्ञानिकहरूलाई बोलाएर बधाई पनिदिएका छन् ।

शुक्रबार खसालिएको सानो उपग्रहलाई इस्रोले गत जनवरीमा लन्च गरेको बताइएको छ । ‘मिसन शक्ति अप्रेसन’ अन्तर्गत भारतको एन्टी सेटेलाइट क्षेप्यास्त्र (ए–सेट) ले तीन मिनेट लगाएर प्रयोगमै रहेको उपग्रहलाई नष्टपारेको थियो ।

सन् २०१० मै रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले शत्रु राष्ट्रको उपग्रह खसाल्ने हतियारको विकास गरिरहेको जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । त्यसैलाई आधार बनाएर विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले मिसन शक्तिका लागि प्रधानमन्त्री मोदीलाई बधाई नदिएर डीआरडीओलाई भने बधाई दिएका छन् । उनले उल्टो मोदीलाई विश्व थिएटर दिवसको शुभकामना दिएका छन् ।

तर, भारतीय प्रधानमन्क्री मोदीले मिसन शत्ति अभियान कुनै मुलुकविरुद्ध नभएर आफ्नो देशको रक्षात्मक क्षमता विकासको पहल मात्र भएको बताएका छन् । यो परीक्षणले कुनै पनि अन्तर्राष्ट्रिय कानुन वा सन्धिको उल्लंघन नभएको समेत जिकिर गरेका छन् ।

मोदीको घोषणालाई लिएर निर्वाचन आचारसंहिता उल्लंघन भए वा नभएको बहससमेत भएको छ । लोकसभा चुनाव आउन दुई साता मात्र बाँकी रहेको अवस्थामा प्रधानमन्त्री मोदीले गरेको घोषणालाई लिएर भारतको निर्वाचन आयोगले चासो व्यक्त गरेको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मोदीले बुधबार गरेको सम्बोधनलाई विगतमा प्रधानमन्त्रीबाट भएका सम्बन्धसँग तुलना गर्दै आवश्यक कदम चाल्नका लागि आयोगले आन्तरिक छलफल सुरु गरेको बताएका छन् । भारतमा १७ औं लोकसभा चुनाव आगामी ११ अप्रिलदेखि हुँदै छ । सात चरणमा हुने चुनाव १९ मे सम्पन्न हुने र २३ मेमा मतगणना हुनेछ ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको