काठमाडौँ — चैत्र १५ ।
अर्थमन्त्री युवराज खतिवडाले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् । दुई दिने लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री खतिवडाले सरकारले कर प्रणाली वैज्ञानिक बनाएको र कानुनी सुधार गर्दै लगानीको वातावरण तयार पारेको जानकारी दिए ।
सम्मेलनमा सहभागीहरुलाई नेपालको अर्थतन्त्रको बारेमा जानकारी दिँदै सरकार द्रूत आर्थिक विकाससहित अघि बढ्न चाहेको बताए।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको सम्मेलन शनिबारसम्म चल्नेछ। सम्मेलनमा सहभागी हुन ४० बढी देशका ६ सय बढी विदेशी लगानीकर्ता आइपुगेका छन्।
सम्मेलनमा लगानीकर्तालाई आकर्षित गर्न ७७ वटा आयोजना राखिएको छ। यी आयोजनाको लागत ३० खर्ब बढी छ।
(कान्तिपुर दैनिक)
लोकप्रिय समाचार