काठमाडौँ — चैत्र १७ ।
नेपाली खेलाडी सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ ।
गएराती भएको खेलमा कोलकाता नाइट राइडर्सलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो ।
दिल्लीस्थित फिरोज शाश कोट्ला रंगशालामा कोलकाताले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा दिल्ली विजयी भयो । यो खेलमा नेपालका लेृग स्पिनर सन्दिप लामिछानेले एक विकेट लिए ।
आईपिएल क्रिकेटको १२ औं संस्करणमा पहिलो पटक खेलेका सन्दिपले ४ ओभरमा २९ रन खर्चिएर १ विकेट लिएका हुन् ।
उनले अर्का एक खेलाडीलाई रन आउट समेत गराए । जितसंगै दिल्लीले ३ खेलबाट ४ अंक जोडेको छ । दिल्ली लिगको दोस्रो स्थानमा रहेको छ ।
कोलकाताले भने पहिलो हार व्यहोरेको छ । ३ खेलबाट ४ अंक जोडेको कोलकता तालिकाको शीर्ष स्थानमा छ ।
आईपिएल क्रिकेटमा हिजो भएको पहिलो खेलमा किङ्स ईलेभेन पञ्जावले मुम्बई इण्डीयन्सलाई ८ विकेटले हराएको छ ।
पञ्जावमा भएको खेलमा मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्इ पन्जाबले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पुरा गर्यो ।
पञ्जावको जितमा लोकेश राहुलको ७१ रन महत्वपूर्ण रह्यो ।
(ईमेज खबर)