Logo
11 Oct 2024    २५ आश्विन २०८१, शुक्रबार

ताजा खबर

अमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो देशका अधिकांश भूभागको मौसम सफा रहने आज महानवमी , तलेजु भवानी मन्दिर खोलिँदै आजदेखि वीपी राजमार्ग सञ्चालनमा दशैं बिदामा पनि प्रेस काउन्सिलले नियमनलाई निरन्तरता दिने बाढी-पहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

एनसीएल महिला ट्वान्टी–२० क्रिकेट लिगको लागि आज अक्सन हुँदै

admin

काठमाडौँ — चैत्र १७ ।

एनसीएल स्पोर्टस प्रालिको आयोजनामा विराटनगरमा हुने एनसीएल महिला ट्वान्टी–२० क्रिकेट लिगका लागि आज खेलाडी किनबेच (अक्सन) हुँदैछ । यो नेपाली महिला क्रिकेटमै पहिलोपल्ट हुन लागेको दुई फ्रेन्चाइज लिगमध्ये एक हो ।

मोरङको बैजनाथपुर क्रिकेट मैदानमा हुने प्रतियोगितामा विराटनगर रोरिङ लियोनेस, भैरहवा क्विन्स, धनगढी वण्डर वुमेन र काठमाडौं सुपर च्याम्पियन्स गरी ४ टोली समावेश छन्। राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्री, उपकप्तान सीता रानामगर, पूर्व कप्तान नेरी थापा र करुणा भण्डारी मार्की खेलाडी यसअघि नै घोषणा गरिसकिएको छ।

रुबिना भैरहवा, सीता धनगढी, नेरी काठमाडौं र करुणा विराटनगरका मार्की खेलाडी छन्। मार्की खेलाडीले १ लाख रुपैयाँ पारिश्रमिक पाउँछन्।

आज हुने अक्सनमा सहभागी खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा विभाजन गरिएको छ। अक्सनमा ८० जना खेलाडी छन्।

‘ए’ श्रेणीका खेलाडीको न्युनतम मूल्य ४० हजारबाट सुरु हुनेछ भने अधिकतम ७५ हजारसम्म बोली लगाउन पाइनेछ।

‘बी’ श्रेणीको २५ हजारबाट अधिकतम ५० हजारसम्म हुनेछ भने ‘सी’ श्रेणीका खेलाडीको मूल्य १५ हजारबाट सुरु भएर २५ हजारसम्म हुनेछ।

विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ। यो घरेलु महिला क्रिकेटको सर्वाधिक पुरस्कार राशि हो। उपविजेताको भागमा ५ लाख पर्नेछ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको