Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

ज्येष्ठ नागरिकहरुको अवलोकन भ्रमण तथा सम्मान कार्यक्रम सम्पन्न, पूर्व मुख्य सचिव गौतम सहित १५० सम्मानित

admin

jeshtha nagarik

काठमाडौँ — चैत्र १८ ।

चन्द्रागिरी, १७ चैत्र – ललितपुर महानगरपालिका ०५ नम्बर वडाले वडावासी ज्येस्ठ नागरिकहरुको अवलोकन भ्रमण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वडाले अाइतबार ज्येस्ठ नागरिकहरुलाई चन्द्रागिरी अवलोकन भ्रमण गराउनुका साथै सम्मान कार्यक्रमको समेत आयोजना गरेको थियो । चन्द्रागिरीको अवलोकनसँगसंगै सम्मानित हुन पाउदा वडावासी ज्येस्ठ नागरिकहरु निकै खुशी देखिन्थे । वडाले नेपाल सरकारका पूर्व मुख्य सचिव दामोदर गौतम सहित करिब १५० जना ज्येस्ठ नागरिकहरु कोसेली सहित सम्मान गरेको थियो । उनीहरुलाई वडा अध्यक्ष विकासमान श्रेष्ठले दोसल्ला अोढाई सम्मान गरेका थिए ।

ततपस्चात ज्येस्ठ नागरिकहरुको सम्मान कार्यक्रम माझ बोल्ने क्रममा वडा अध्यक्ष श्रेष्ठले ज्येस्ठ नागरिकहरु भनेका अनुभवले खारिएका र मायाको पुन्जले अोतप्रोत अग्रज ब्यक्तित्व हुन भन्दै यस्ता अभिवावकहरुको सम्मान गर्न पाउनु गर्वको बिषय रहेको बताए ।

jeshtha nagarik

कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्य सचिव दामोदर गौतमले आफ्नै वडाबाट सम्मानित हुन पाउदा निकै खुशी लागेको बताउदै वडास्तरमा स्वयम् सेवकको रुपमा कार्य गर्ने धोको ब्यक्त गरेका थिए ।

कार्यक्रममाझ वडा सदस्यहरु अशोक श्रेष्ठ, शोभादेबी प्रधान श्रेष्ठ, मैया रिजाल र पुनम निरौलाले एकदिनको सम्मानले मात्र ज्येस्ठ नागरिकहरुलाई खुशी दिन नसकिने भन्दै ज्येस्ठ नागरिकहरुको पिरमर्का र समस्याको निदानका लागि आउँदा दिनमा वडा स्तरबाट सक्दो पहल गर्ने आसय ब्यक्त गरे ।

कार्यक्रममा सम्मानित ज्येस्ठ नागरिकहरुले अवलोकन भ्रमण तथा सम्मान कार्यक्रमबाट साथीसंगीसँग भेटघाट गर्ने अवसर मिल्नुका साथै एकै साथ घुम्न पाउदा निकै आनन्दको अनुभुती भएको र जीवनको उत्तरार्धमा पाएको सम्मानले उर्जा प्राप्त भएकी बताएका थिए । सम्मानित ज्येस्ठ नागरिकहरुको तर्फबाट नेपाल सरकारका पूर्व मुख्य सचिव दामोदर गौतम सहित अच्युत प्रसाद ढुङ्गाना, राममणि गजुरेल, रामेश्वर थापा, मिना राउत र ईन्द्र बहादुर कुँवरले मन्तब्य धारणा राखेका थिए भने गौरी केसी र श्याम बस्नेतले भजन एबम हास्य प्रस्तुती दिएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको