Logo
05 Oct 2024    १९ आश्विन २०८१, शनिबार

ताजा खबर

‘कस्तो हो यो माया’ सार्वजनिक(भिडियो) नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै मिङ्मा जीले राखे किर्तिमान बिना अक्सिजन ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोको सफल आरोहण प्राधिकरणले गर्‍यो काठमाडौंसहित यी १४ जिल्लालाई ‘विपद् संकटग्रस्त जिल्ला’ घोषणा प्रहरी निरीक्षक बिनु शाही निलम्बित सडक पेटी कब्जा गरी निर्माण सामग्री राख्ने कालिका बिल्डर्सलाई महानगरले तिरायो जरिवाना

बारा र आसपासका जिल्लामा हावाहुरीको वितण्डा, उद्धारका लागि तीनै सुरक्षा निकाय परिचालित, दर्जनौं हताहत

admin

barabhalwariyalaxmi-sahhawahuri

काठमाडौँ — चैत्र १८ ।

आइतबार साँझ अचानक आएको हावाहुरीसहितको असिनापानीका कारण बारा र आसपासका जिल्लामा हालसम्म २७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने सयौंको संख्यामा घाइते भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली तीनवटै सुरक्षा निकायलाई उद्धार तथा राहत वितरणका लागि परिचालन गरिएको बताएका छन्। उनले मौसममा सुधार आउने बित्तिकै उद्धारमा खटिनका लागि नाइट भिजन हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्।

सामाजिक सञ्जालबाट प्राप्त सूचना अनुसार बारा र पर्साका अधिकांश अस्पतालहरु अहिले घाइतेहरुले भरिएका छन्। अस्पतालहरुमा रगतको अभाव भएसँगै रगतदान गर्नका लागि आह्वान समेत गरिएको छ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई उद्धार तथा घाइतेको उपचारका लागि खटिन आह्वान गरेका छन्।

रातको अवस्था भएको र बत्ति समेत नभएकोले उद्धारमा खटिन भइरहेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन्।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको