Logo
04 Mar 2024    २१ फाल्गुन २०८०, सोमबार

ताजा खबर

प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा फागुन २४ देखि २८ गतेसम्म चेम्बर एक्स्पो २०२४ आयोजना काठमाडौं महानगरकै क्यान्टिनमा बासी खाना, तिराइयो ५० हजार जरिवाना निताको स्वरमा ‘चुप चाप’ (भिडियो) नेपाल स्काउटको अन्तराष्ट्रिय आयुक्तमा देवराज घिमिरे दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

नायिका पूर्णिमा लामालाई नाट्यश्वर कला सम्मान

admin

बनेपामा सम्पन्न नाट्यश्वर म्यूजिक अवार्डसको ग्राण्ड फिनाले कार्यक्रममा नायिका पूर्णिमा लामा नाट्यश्वर कला सम्मानबाट सम्मानित भएकी छिन । गणतन्त्र नेपालका प्रथम राष्ट्रपती सम्माननीय डा.रामवरण यादवको हातबाट उनी सम्मानित भएकी हुन ।
उक्त कार्यक्रममा नाट्यश्वर दशक सम्मानबाट वरिष्ठ कलाकार बसुन्धरा भुसाल, नाट्यश्वर रत्न सम्मानबाट चैत्यदेवीलगायत तामाङ सेलो, म्हेन्दोमाया, लोकदोहोरी, आधुनिक र पपलगायत विधामा आ आफ्नो क्षेत्रमा लामो समयदेखी निरन्तर अतुलनीय योगदान दिने स्रष्टा एवं कलाकार तथा पत्रकारलाई सम्मान गरिएको थियो ।


५० भन्दा बढ़ी नेपाली म्युजिक भिडियोमा अभिनय गर्नुको साथै पल्टन, हिरोस, नेप्टे, बबी, रेल्लिमाई, शिव, शिवानी लगायत दुई दर्जन बढि उत्कृष्ट चलचित्रहरुमा कुशल नायिकाको भुमिका निभाई नेपाली चलचित्र क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर तथा प्रशंसा गर्दै नायिका पूर्णिमा लामालाई यस वर्षको नाट्यश्वर कला सम्मान प्रदान गरिएको आयोजक कमिटीका कार्यक्रम निर्देशक तथा संचारकर्मी किरण अधिकारीले जनाएका छन ।

समाजसेवामा समेत सक्रिय नायिकापूर्णिमा लामाले नेपाली चलचित्र क्षेत्रमा एक कुशल नायिकाको रुपमा विगत १० वर्षदेखि निरन्तर आफ्नो उत्कृष्ट अभिनय क्षमता ममार्फत दर्शकहरुको रोजाइमा पर्न सफल रहदै थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड एवं सम्मान प्राप्त गरेकी छिन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको