Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

आईपीएल क्रिकेटमा दिल्ली पञ्जाव संग पराजित, सन्दिप लामिछानेले लिए २ विकेट

admin १९ चैत्र २०७५, मंगलवार ०४:३९ मा प्रकाशित

sandeep lamixane on IPL match

काठमाडौँ — चैत्र १९ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलाई किङ्गस इलाभेन पन्जाबले १४ रनले हराएको छ ।

बिन्द्रा स्टेडियममा घरेलु टोलि पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर २ बलमा अलआउट हुनुपुर्व १ सय ५२ रन मात्रै बनाउन सक्यो । दिल्लीका लागि ऋषब पन्तले ३९ तथा कोलिन इन्ग्रामले ३८ रन बनाए ।

दिल्लीलाई सस्तैमा समेट्न पन्जाबका साम करणले ह्याट्रिकसहित ४ विकेट लिए । जारी सिजनको यो पहिलो ह्याट्रिक विकेट हो ।

सामले १७ औं ओभरको अन्तिम बल र १९ औं ओभरको सुरुवाती २ बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । उसका लागि डेभिड मिलरले ४३ रन तथा सर्फराज खानले ३९ रन बनाए ।

बलीङतर्फ दिल्लीका क्रिस मोरिसले ३ तथा कागीसो राबडा र सन्दीप लामिछानेले २/२ विकेट लिए ।

सन्दीपले ४ ओभरमा २७ रन खर्चिएर २ विकेट लिएका हुन् । अघिल्लो खेलमा कोलकाता विरुद्ध सन्दिपले १ विकेट लिएका थिए ।

गएरातीको जितसंगै पन्जाबले ४ खेलबाट ६ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित दिल्ली ४ अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको