
काठमाडौँ — चैत्र १९ ।
राजधानीको अत्यन्तै व्यस्त स्थान बागबजारमा स्ट्यान्डर्ड राष्ट्रिय पोसाक सञ्चालनमा आएको छ। वि.सं.२०५१ सालदेखि नमस्ते स्ट्यान्डर्ड टेलर्स मार्फत सर्टिङ/सुटिङ सेवा प्रदान गर्दै आएको समूहले नेपाली पोसाकको शोरुम सुरु गरेको हो।
नेपाली पोसाक शोरुममा नेपाली राष्ट्रिय पोसाकका सम्पूर्ण आइटम पाइनुका साथै अर्डर अनुसार तयार गरिने सञ्चालक संगीता प्रधानले जनाइन्।
शोरुममा नेपाली संस्कृ्तिअनुसार गरिने विवाहमा दुलाहाका लागि आवश्यक नेपाली पोसाकको सम्पूर्ण सेट समेत उपलब्ध रहेको जनाइएको छ। शोरुममा एक हजार सात सय रुपैयाँदेखि सात हजार रुपैयाँसम्मका विविध रुपका नेपाली पोसाक पाइने प्रधानले बताएकी छिन।
उनी भन्छिन्, ‘शोरुममा ढाका टोपी, कालो टोपी, नेपाली राष्ट्रिय झन्डा, विवाहको दौरा, सुरुवाल, वेस्ट तथा ज्वारी कोट, ढाकाको जुत्ता समेत पाइन्छ।’ पछिल्लो समय राष्ट्रिय पोसाकप्रति युवा जमातको रुची र अत्याधिक मागका कारण सम्पूर्ण राष्ट्रिय पोसाक पाइने शोरुम सञ्चालन गरिएको प्रधानले बताईन्।
बागबजारस्थित पिके क्याम्पस्को ठिक अगाडि रहेको स्ट्यान्डर्ड राष्ट्रिय पोसाकमा बच्चाको लागि समेत सम्पूर्ण राष्ट्रिय पोसाकको सेट पाइने जनाइएको छ। नयाँ वर्ष २०७६ को अवसर पारेर शोरुमले चैत्र १५ देखि पुरै वैशाख महिनाभर १५ प्रतिशत छुट प्रदान गरेको समेत प्रधानले जनाईन ।
