Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

बाढी पिडितलाई किरण केसीको १ लाखको सहयोग

admin

देशका अधिकांश भाग बाढीबाट प्रभावित भएपछि बाढी पिडित जनताको सहयोगमा चलचित्रकर्मी पनि अगाडि सरेका छन् । दैवी प्रकोपमा विभिन्न साथ सहयोग गदैै आईरहेका कलाकारहरुले पनि बाढी पिडित सहयोगार्थ राहत संकलन कार्य तिव्र बनाएका छन ।

यसै क्रममा समाजसेवामा निकै सक्रिय एवं चर्चित कलाकार किरण के.सी “रातामकै”ले आफ्नो तर्फबाट राहतको लागि रु एक लाख सहयोग गर्ने घोषणा गरेका छन । प्रपर्टी डिलर्सबाट रु.५०,०००।०० तथा निर्देशक राज के.सीबाट रु.२५०००।०० संकलन गरि आफ्नो तर्फबाट रु.२५०००।०० थप गरि रु.१०००००।०० बाढी पिडित जनताका लागि चलचित्र कलाकार संघमार्फत उक्त रकम सहयोगको घोषणा गरेका हुन । हाल गाईजात्रामा व्यस्त हुन परेको कारण बाढी पिडित आफु जान नसकेपनि केहि दिनमा कार्यक्रम समापन हुना साथ आफुले आफ्नो तर्फबाट के कसरी सहयोग गर्न सकिन्छ भनेर बाढीग्रस्त एवं विभिन्न स्थानमा गई छलफल गरि थप सहयोग गर्दै जाने जानकारी गराउदै सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीलाई यस जटिल घडिमा आफ्नो तर्फ बाट सक्दो सहयोग गर्न  कलाकार के.सीले अपिल समेत गरेका छन ।

बाढी, पहिरो र डुबानबाट पीडित भएकाहरुको खोज तथा उद्धार गरी राहत प्रदान गर्ने कार्यलाई सरकारले पनि तिव्रता दिएको छ । त्यसका लागि सुरक्षाकर्मीसहित २६ हजार ७ सय भन्दा बढी जनशक्ति परिचालन गरिएको गृहमन्त्रालयको दाबी छ ।

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९१ पुगेको गृहमन्त्रालयले जनाएको छ । २५ जना घाइते र ३८ जना वेपत्ता छन् । बाढी पहिरो र डुबानबाट २ हजार ८ सय ४७ घरहरु पूर्णरुपमा क्षति भएका छन् । क्षति भएका अरु बिभिन्न पूर्वाधारहरुको संख्या ३७ सय २७ रहेको गृहमन्त्रालयले जनाएको छ ।

खोज र उद्धारका लागि नेपाली सेनाका ७ वटा र निजी क्षेत्रका ६ वटा हेलिकोप्टर परिचालन गरिएको छ । साथै मोटर बोट रबर बोट लगायतका साधनहरु पनि प्रयोग गरिएको छ ।

मन्त्रालयका अनुसार आज १२ वटा जिल्लाका बाढी पहिरो पीडितलाई राहत वितरण समेत गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको