Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

सरकारले हावाहुरी पीडितका लागि आवास बनाइदिने

admin

parsa hawa

काठमाडौँ — चैत्र २२ ।

प्रदेश नम्बर–२ मा हालैको आँधीहुरीबाट घरबास गुमाएका बारा र पर्सा जिल्लाका परिवारहरुका लागि नेपाल सरकारले आवास बनाइदिने भएको छ ।

जनता आवास कार्यक्रमको ढाँचामा निर्माण गरिने घरहरू वर्षात् सुरु हुनुअघि नै आँधीप्रभावित घरबारविहीन परिवारलाई हस्तान्तरण गरिनेछ ।

सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय समाचार समितिसँग आँधीपीडितका लागि सरकारको ताजा योजनाबारे बिहीबार साँझ कुरा गर्दै सरकारको पछिल्लो निर्णयबारे जानकारी दिएका हुन् ।

मन्त्री बाँस्कोटा नेपाल सरकारका प्रवक्तासमेत हुन् ।

संघीय सरकारले यस्ता आवासको निर्माणकार्यको समन्वय र सहजीकरणका लागि प्रदेश नम्बर–२ का मुख्यसचिवलाई संयोजनको जिम्मेवारी दिएको छ ।

यस समितिमा सहरी विकास मन्त्रालयका प्रतिनिधि, दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र रक्षा मन्त्रालयका तर्फबाट नेपाली सेनाका प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ ।

यी आवासको निर्माण गर्ने जिम्मा नेपालका कठिन भौगोलिक क्षेत्रमासमेत सडक पुर्‍याएर प्रशंसा आर्जन गरिरहेको नेपाली सेनाले पाएको छ ।

सरकारको पछिल्लो निर्णयबाट वर्षात्को बेला आँधीहुरी प्रभावित जनता कहाँ सुरक्षित ओत लाग्ने भन्ने चिन्ता गरिरहनु नपर्ने र पहिलेको तुलनामा बढी सुरक्षित जीवनयापन गर्न सहज हुने देखिएको छ ।

(रासस)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको