Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित

थ्री व्रदर्स फोटोग्राफीको आयोजनामा “मिस्टर एण्ड मिस स्कुल नवलपुर, २०१९” आयोजना हुँदै

admin

Mr and Miss school Nawalpur

काठमाडौँ — चैत्र २२ ।

अहिलेको एक्काईसाै शताब्दीको युगमा मानिसको चाहाना कला, नृत्य, सौन्दर्यता जस्ता विविध कुरझरुमा अत्याधिक भएकाले उहाँहरुको प्रतिभालाई नेपालमा मात्र हैन संसारसामु चिनाउने र युवाह युवतीहरुको व्यक्तित्व बिकास गर्ने उद्देश्यको साथ नवलपुरमा थ्री व्रदर्स फोटोग्राफीको आयोजनामा “मिस्टर एण्ड मिस स्कुल नवलपुर, २०१९” को आयोजना गर्ने भएको छ ।

भर्खरै विद्यालय स्तरको वार्षिक परिक्षा दिएर बसेका कक्षा ६ देखि ९ सम्मका दिएर वसेका विद्यार्थीहरुलाई लक्षित गरि उनिहरुको खाली समयलाई सदुपयोग गर्दै उनीहरुको अन्तर्निहित क्षमतालाइ अभिबृद्दि गरी विभिन्न सामाजिक संस्थाहरुमा उनिहरुलाई सहभागीता गराउने उदेश्यले यो कार्यक्रमको आयोजना हुन लागेको जानकारी आयोजक संस्था थ्री व्रदर्शले जानकारी दिएको छ ।

सौन्दर्य प्रतियोगिता मार्फत निखारिएर मोडलिङ क्षेत्रमा प्रवेश गर्ने चाहना भएका साना साना विद्यार्थीहरुलाई लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलबाट छनौट गरी करिव एक महिना लामो विशेष प्रशिक्षण पश्चात अन्तिम प्रतिस्पर्धा गराइने छ । जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।

प्रतियोगिताको विजेता, फर्स्ट रनरअप र सेकेण्ड रनरअपलाई विभिन्न आकर्षक गिफ्ट ह्याम्परहरुको साथै क्रमशः १ वर्ष, ६ महिना र ३ महिनाको विशेष छात्रवृत्ती प्रदान गरीने तथा विजेतालाई अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगितामा नेपालको तर्फबाट सहभागी गराइने आयोजक संस्थाले जनाएको छ ।

Mr and Miss school Nawalpur


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको